शाखा सदस्य उत्प्रेरणा तालिम
2019-05-04 / 2019-05-04     10:30:00am - 03:45:00pm    
Location : Bahundangi Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम : शाखाका पदाधिकारी तथा सदस्य शिक्षा तालिम
विषय :  ‘PRTOUD TO BE JCI’
क्षेत्र : सामुदायिक
स्थान : बाहुण्डाँगी सामुदायिक भवन मेचीनगर ४
मिति : २०७५ बैशाख २१ गते शनिवार
सहभागि : बाहुण्डाँगी जेसीजका सदस्य र नन जेसीज गरी ८३ जना
कार्यविधि : प्रशिक्षण
प्रशिक्षक : नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी
कार्यक्रम संयोजक : कार्यकारीणी उपाध्यक्ष जेसी अभिषेक मेहता
अध्यक्षता : बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारी
विशेष अतिथि : शाखाका पूर्व अध्यक्ष जेसी सन्तोष सुवेदी
स्वागत मन्तव्य : कार्यक्रम संयोजक जेसी अभिषेक मेहेता
आस्थापाठ : कोषाध्यक्ष जेसी राजेश थापा
कार्यक्रमको सञ्चालन : महासचिव देबु बानियाँ

उदेश्य : शाखाका सबै सदस्यहरुलाई जेसीजप्रति थप उत्साहित बनाउँदै जेसीजका हरेक अभियानमा सक्रिय सहभागि गराउने । यसैगरी नयाँ सदस्यहरुलाई जेसीजको बारेमा जानकारी गराउँदै जेसीज अभियानमा लाग्नका लागि उत्प्रेरणा जागृत गराउन ।

अपेक्षित : उपलब्धि बाहुण्डाँगी क्षेत्रमा रहेका १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुलाई व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक कार्यमा क्रियाशील बनाएर जेसीज अभियानमा निरन्तर लाग्नका लागि यो तालिमले थप टेवा पुगेको अनुभूति भएको छ । साथै तालिममा सहभागीहरुलाई प्रशिक्षक ज्यूबाट थप उत्प्रेरणा भएको छ । जसका कारण जेसीज अभियानमा अघि बढ्न सहज हुनेछ ।
प्राप्त उपलब्धी : यस वर्षको नेतृत्व लिइसकेपछि बोर्डका साथीहरुलाई थप क्रियाशील बनाउँदै अघि बढाउन यो तालिम कोशेढुङ्गा सावित भएको छ । जसले गर्दा शाखाका आगामी कार्यक्रमहरुलाई अघि बढाउँदै जेसीज असभियानमा लाग्न हौषलाा मिलेको छ ।
सिकाई : धेरै समयदेखि जेसीजका विषयहरुमा जानकारी लिन नपाएका शाखाका सबै साथीहरुका लागि यो तालिम पुनताजगी बनेको छ । सिनेटर प्रकाशप्रसाद अधिकारी ज्यूले हामी सबैलाई उत्साहित बनाउँदै शाखालाई सञ्चालन गर्न अपनाउनु पर्ने विषयमा जानकारी गराउँदै आगामी दिनमा सफलताको कामना गर्नु भयो ।

JCI Events Archive