पूर्ब परिचय तालीम
2019-06-01 /     12:00:00pm - 04:30:00pm    
Location : त्रिभुवननगर जेसीज को हल Organized By : JCI Dang Lady


        आज मिति २०७६-२-१८ गते शनिवार दाङ महिला जेसीज को आयोजना मा त्रिभुवननगर जेसीज को हल मा पूर्ब परिचय तालीम सम्पन्न भएको छ। दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता यबम् नेपाल जेसीज का उपाध्यक्ष जेसी लालमणी भण्डारी ज्यु को प्रमुख् आतिथ्यता मा सम्पन्न तालीम को संयोजक जेसी नारायणी भण्डारी रहनु भएको थियो। आस्थापाठ को अगुवाई सदस्य जेसी बसन्ता भण्डारी ले गर्नु भएको थियो। ब्यानर पढेर प्रमुख् अतिथि ज्यु ले तालीम को उद्घाटन गर्नु भएको थियो। प्रमुख् प्रशिक्षक त्रिभुवननगर जेसीज का पूर्ब अध्यक्ष जेसी रजीव उल्ला खान लगायत दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी शुसिला पौडेल ज्यु ले तालीम दिनु भएको थियो। उहाँ हरु ले जेसीज को स्थापना काल देखि आज सम्म के कस्ता कार्यक्रम गर्दै आएको छ र कसरी किन स्थापना भएको हो भन्ने बिषय बस्तु लाई स्पस्ट रुपमा जानकारी गराउनु भएको थियो। उक्त तालीम मा २५ जनाको उपस्थिति रहेको थियो। सहभागी को तर्फ बाट सरस्वती चौधरी ले मन्तब्य दिनु भएको थियो। धन्यवाद मन्तब्य दाङ महिला जेसीज का कार्यकारिणी उपाध्यक्ष जेसी जिबा भुसाल ज्यु ले दिनु भएको थियो। तालीम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ज्यु ले गर्नु भएको थियो।

JCI Events Archive