…Peak State Training - JCI Butwal
2019-05-25 / 2019-05-25     03:00:00pm - 07:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम    ः     ……Peak State Training

 क्षेत्र   ः     ब्यक्तिगत

संयोजक ः     जेसी महेश पाण्डे

स्थान   ः     बुटवल जेसीज सचिवालय

मिति   ः           २०७६ जेठ १२ गते आइतबार तदनुसार   May 26, 2019

सहभागी ः     ५० जना (२० जना महिला,३० जना पुरुष )

  उद्देश्यः       सहभागिहरुलाई लक्ष्य निर्धारण गर्न प्रोत्साहन गर्ने

 कार्यविधि ः प्रशिक्षण

 मुख्य भाग ः

    बुटवल जेसीजको तालिम सप्ताहको पहिलो दिन ……Peak State Training सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर वस्यालले प्रमुख प्रशिक्षकको रुपमा तालिम प्रदान गर्नु भएको हो । तालिममा बुटवल जेसीजका पदाधिकारीहरु, सदस्यहरु, बुटवल महिला जेसीज, सैनामैना जेसीज, जेसीआई सिदार्थ र रामग्राम जेसीजबाट पदाधिकारी तथा जेसीज सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकले जिवनको लक्ष्य निर्धारण, जिवन शैलि ब्यवस्थापन लगाएतका विषयहरुमा प्रकाश पार्नु भएको थियो । त्यस अघि पाँच नम्वर प्रदेशका प्रदेस सभा सदस्य तथा बुटवल जेसीजका मानार्थ सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार सिनेटर दिनेश श्रेष्ठ, सिनेटर गोपाल प्रसाद पाण्डे, सिनेटर गणेशचन्द्र पोख्रेल, छिमेकी शाखा रामग्राम जेसीजका अध्यक्षा जेसी नारायण सुवेदी, सैनामैना जेसीजका अध्यक्ष जेसी सुभास पौडेल, बुटवल महिला जेसीजका अध्यक्ष जेसी लक्ष्मि थापा, बुटवल जेसीजका निवर्तमान अध्यक्ष जेसी यम प्रसाद तिवारी, जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष सुमन शर्मा तथा वर्ष २०१९ का पदाधिकारीज्यूहरु लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो । साता दिन सात तालिम नाराका साथ सूरु भएको तालिम सप्ताह बुटवलका विभिन्न वडा कार्यालयसगको सहकार्यमा सञ्चालन हुने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बताउनु भयो । टोल टोलमा जेसीज अभियानमा लैजान तालिम सप्ताहले महत्वपुर्ण भूमिका खेल्ने जेसी नरदेव न्यौपानेको विस्वास छ । कार्यक्रममा संयोजक जेसी महेश पाण्डेले आस्था पाठ र तालिम निर्देशक जेसी रमेश अर्यालले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन तालिम सप्ताहका निर्देशक जेसी रमेश अर्यालले गर्नु भएको थियो ।

 

अपेक्षित उपलब्धि ः सहभागिहरुलाई लक्ष्य निर्धारण गर्न प्रोत्साहन गर्ने

   

प्राप्त उपलब्धि ः सहभागिहरुले तालिमबाट पेशागत कार्य सम्पादन, समय ब्यवस्थापन, जिवन शैली ब्यवस्थापन र लक्ष्य निर्धारण विषयमा महत्वपुर्ण तालिम प्राप्त गरेका छन । जुन उदेश्यका साथ तालिमको आयोजना गरिएको थियो त्यो उदेश्य प्राप्त भएको छ ।

    सिकाई ः प्रशिक्षण विधी अत्यन्त रोचक भएको कारण सहभागिहरुले तालिमले प्रदान गर्न खोजेका कुराहरु महत्वपुर्ण तरिकाले सिकेको हामीले महशुस गरेका छौं भने समय ब्यवस्थापन र सहभागिताको सन्दर्भमा आगामी कार्यक्रममा सचेत हुन पर्ने बुटवल जेसीजले ठानेको छ ।

मुल्याङकन ः तालिममा सहभागिहरुको प्रतिक्रिया नै मुल्याङनको आधार हो । यसअर्थ मा तालिम उत्कृट रहेको सहभागिहरुले प्रतिक्रिया दिएका छन भने तालिममा सिकेका कुराहरु जिवनमा उपयोगी हुने भएकोले ब्यवहारमा लागु गर्ने प्रतिवद्धता सहभागिहरुले गरेको हुनाले पहिलो दिनको तालिम सफल भएको मानिएको छ ।

 

सुझाब तथा सिफारीस ः जिवन उपयोगी तालिम आगामी दिनमा पनि निरन्तर गर्नु पर्ने सुझाव प्राप्त भएको छ ।


JCI Events Archive