Lead with vision Training - JCI Butwal
2019-05-27 / 2019-05-27     11:00:00pm - 03:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम ः     Lead with vision Training

क्षेत्र   ः     सामुदायिक

संयोजक ः     जेसी गोपाल न्यौपाने

स्थान   ः     बुटवल जेसीज सचिवालय

मिति   ः           २०७६ जेठ १३ गते सोमबार तदनुसार   May 27, 2019

सहभागी ः     ६० जना (४० जना महिला,२० जना पुरुष )

 

 उद्देश्यः       नेतृत्व क्षमताको विकास गर्ने

 कार्यविधि ः प्रशिक्षण

 मुख्य भाग ः

    बुटवल जेसीजको तालिम सप्ताहको दोस्रो दिन Lead with vision Training सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर राजु पौडेलले प्रशिक्षण दिनु भएको हो । तालिममा बुटवल उपमहानगरपालिका वडा नम्वर १ बाट टोल समितीका पदाधिकारी, सदस्यहरु, विभिन्न क्लव तथा संघसस्थामा आवद्ध ब्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा नेतृत्व कसरी गर्ने भन्ने सन्दर्भमा workshop पनि भएको थियो । विशेष गरी नेताले लक्ष्य प्राप्तीको लागि समुहमा कसरी नेतृत्व गर्ने, सामुहिक कार्यमा कसरी जोड दिने, आवश्यकताहरुको पहिचान कसरी गर्ने सन्दर्भमा तालिम केन्द्रित रहेको थियो ।

    कार्यक्रम बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगलको प्रमुख आथित्यता, बोर्ड अफ टष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशीको विशिष्ट आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्वर १ संगको सहकार्यमा सम्पन्न भएको तालिममा बुटवल १ बाट सहभागिता रहेको थियो भने विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा तालिम सप्ताहका निर्देश जेसी रमेश अर्याल, कार्यक्रम संयोजक जेसी गोपाल न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगल, बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपाने लगाएतले बोल्नु भएको थियो । बुटवल जे्सीजका कोषाध्यक्ष जेसी अर्जुन ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 

अपेक्षित उपलब्धि ः नेतृत्व क्षमताको विकास गर्ने

   

प्राप्त उपलब्धि ः सहभागिहरुले तालिममा समुह गठन, नेतृत्वको चयन र आवस्यकताको पहिचान जस्ता विषयमा workshop मा सहभागि भएका थिए । यसरी सहभागिता जनाउँदा नेतृत्व क्षमताको विकास कसरी गर्ने भनेर प्रष्ट रुपमा बुझेका छन् ।

    सिकाई ः सप्ताहब्यापी तालिमको आयोजना आफैमा चुनौती पुर्ण कार्य थियो । तर तालिमको दोस्रो दिन आईपुग्दा तालिमको ब्यवस्थापनको सन्दर्भमा नयाँ नयाँ कुराहरु सिक्ने अवसर प्राप्त भएको छ । जस्तै सहभागिहरुलाई समयमै सहभागि गराउनु, अडियो भिडियोको ब्यवस्थापन गर्नु ।

    मुल्याङकन ः तालिममा अत्यन्त प्रभावकारी भएको मुल्याङन सहभागिहरुले गरेका छन् । अहिले सम्म सहभागि भएका तालिमहरु भन्दा जेसीजको तालिम अत्यन्त प्रभावकारी भएको सहभागिहरुले बताएका थिय ।

 

सुझाब तथा सिफारीस ः यस्तो प्रकारको तालिम लामो अवधिको हुनु पर्ने सुझाव प्राप्त भएको छ ।

 


JCI Events Archive