Team work with Time Management Training - JCI Butwal
2019-05-28 / 2019-05-28     11:00:00am - 03:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम ः     Team work with Time Management Training

क्षेत्र   ः     सामुदायिक

संयोजक ः     जेसी मधु न्यौपाने

स्थान   ः     बुटवल जेसीज सचिवालय

मिति   ः           २०७६ जेठ १४ गते मंगलबार तदनुसार   May 28, 2019

सहभागी ः     ८० जना (५० जना महिला,३० जना पुरुष )

 

 उद्देश्यः       सामुहीक कार्य र समय ब्यवस्थापन गर्न प्रेरित गर्ने

 कार्यविधि ः प्रशिक्षण

 मुख्य भाग ः

    बुटवल जेसीजको तालिम सप्ताहको तेस्रो दिन Team work with Time Management Training सम्पन्न भयो । तालिममा प्रोफेसर राजेन्द्र लम्सालले प्रमुख प्रशिक्षको रुपमा प्रशिक्षण दिनु भएको थियो । श्रब्यदृष्य र विभिन्न प्रयोगात्मक शैलि अपनाईएको तालिममा सहभागिहरुले सक्रिय सहभागिता जनाएका थिए । बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी नवराज श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरेको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी नवराज श्रेष्ठले बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले तालिम सप्ताहको आयोजना गरेर जेसीज अभियानलाई थप बलियो बनाउन महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्दै शुभकामना प्रकट गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिले ब्यक्तित्व र नेतृत्व विकासमा बुटवल जेसीजले महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै तालिमको माध्यमबाट सभ्य समाज निमार्ण गर्ने अभियानमा बुटवल जेसीजसंग सहकार्य गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो । उहाँ बुटवल जेसीजका पुर्व उपाध्यक्ष समेत हुनहुन्छ । कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बुटवल जेसीजका अग्रज ब्यक्तित्व, वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिज्यूसंग सहकार्य गर्न पाउँदा खुसि लागेको बताउनु भएको छ । उहाँले तालिमको माध्यमबाट सहभागिहरुको नेतृत्व र ब्यक्तित्व विकास गरि सक्रिय नागरिकको रुपमा समाजलाई हष्तान्तरण गर्न तालिम सप्ताह सुरु गरेको धारणा राख्नु भयो ।

 

    अपेक्षित उपलब्धि ः सामुहीक कार्य र समय ब्यवस्थापन गर्न प्रेरित गर्ने

 

प्राप्त उपलब्धि ः सामुहीक कार्य र समय ब्यवस्थापनको सन्दर्भमा सहभागीहरुले ब्यवहारमा लागु गर्नु पर्ने महत्वपुर्ण विषयहरु प्राप्त गरेका छन् ।

सिकाई ः सामुहीक कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरु, समय ब्यवस्थापन कसरी गर्ने विषयमा महत्वपुर्ण सिकाई भएको छ ।

 

    मुल्याङकन ः तालिममा अत्यन्त प्रभावकारी भएको मुल्याङन सहभागिहरुले गरेका छन् । सामुहीक कार्य जस्तो महत्वपुर्ण विषयमा तालिमको आयोजना गरेकोमा सहभागिहरुले बुटवल जेसीजको मुक्तकण्ठले प्रशंसा गरेकोह हुनाले तालिमको उच्च मुल्याङन भएको हामीले महशुस गरेका छौं ।

 

सुझाब तथा सिफारीस ः तालिम सवै कुराले पुर्ण भएको बताउँदै सुझाव तथा सिफारिस सहभागिहरुले दिएनन् ।


JCI Events Archive