Effective Meeting Procedure & minute writing Training - JCI Butwal
2019-05-30 / 2019-05-30     11:00:00am - 03:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम : Effective Meeting Procedure & minute writing Training

क्षेत्र   :     सामुदायिक

संयोजक :     जेसी रमेश अर्याल वि

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :           २०७६ जेठ १६ गते विहिबार तदनुसार   May 30, 2019

सहभागी :   ८० जना (३५ जना महिला,४५ जना पुरुष ) 

 उद्देश्यः       बैठक सञ्चालन विधी र माइन्युट लेखन बारे जानकारी गराउने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

बुटवल जेसीजको तालिम सप्ताहको पाँचौ दिन Effective Meeting Procedure & minute writing   तालिम सम्पन्न भयो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष जेसी गोपाल प्रसाद पाण्डेले उक्त तालिममा प्रशिक्षण दिनु भएको थियो । तालिम ब्यवस्थित बैठक सञ्चालन विधि र माईन्युट लेखनमा केन्द्रित थियो । सहभागिहरुले तालिम अत्यन्त फलदायि भएको बताउँदै आफ्नो टोल र संस्थामा बुटवल जेसीजले सिकाएका कुरा लागु गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।     बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष भिम वहादुर श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।उहाँले बुटवल जेसीजले प्रदान गर्ने तालिमहरु प्रभावकारी हुने बताउँदै आफ्नो वडासंग सहकार्य गरेकोमा खुसि ब्यक्त गर्नु भयो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले वर्ष २०१९ पुर्णरुपमा बुटवल जेसीजलाई समपर्ण गरेको बताउँदै आफ्नो कार्यकाललाई तालिममय बनाउने प्रतिवद्धता अनुसार तालिम सप्ताह सञ्चालन गरेको बताउनु भयो । बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालन गरेको उद्घाघाटन कार्यक्रममा कार्यक्रम संयोजक जेसी रमेश अर्याल वि ले आस्था वाचन गर्नु भएको थियो ।

 अपेक्षित उपलब्धि ः बैठक सञ्चालन विधी र माइन्युट लेखन बारे जानकारी गराउने

 प्राप्त उपलब्धि ः बैठक सञ्चालन विधी र माइन्युट लेखन बारे प्रयोगात्म अभ्यास भएको कारण अपेक्षित उपलब्धी प्राप्त भएको छ ।

 सिकाई ः यो तालिम विशेष गरि अन्य संघसस्थामा पनि लैजानु पर्ने महशुस बुटवल जेसीजले गरेको छ ।

 मुल्याङकन ः तालिम उत्कृट भएको मुल्याङन सहभागिहरुले गरेका छन ।

 सुझाब तथा सिफारीस ः अगामी दिनमा यस प्रकारको तालिम लामो अवधिको सञ्चालन गर्नु पर्ने सुझाव प्राप्त भएको छ ।


JCI Events Archive