SDG for better society Training - JCI Butwal
2019-05-31 / 2019-05-31     06:00:00pm - 08:30:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम :     SDG for better society Training

क्षेत्र   :     ब्यक्तिगत

संयोजक :     जेसी प्रकाश शर्मा

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :      २०७६ जेठ १७ गते शुक्रबार तदनुसार   May 31, 2019

सहभागी :     ३० जना

  उद्देश्यः       SDG को बारेमा जानकारी गराउने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

बुटवल जेसीजको तालिम सप्ताहको छैठौ   दिन SDG for better society Training सम्पन्न भयो । विशेष गरी अन्तराष्ट्रिय जेसीजले un संग सम्झौता गरि दिगो विकास लक्ष्यमा कार्य गरिरहेको अवस्थामा दिगो विकास लक्ष्य भनेको के हो त ? यसले सभ्य समाज निमार्णमा कस्तो भूमिका निर्वाह गर्छ ? यसले समुदायमा कस्तो प्रभाव पार्छ भन्ने कुराहरुको जानकारी बुटवल जेसीजका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी गराउने लक्ष्य राखेर यो तालिमको आयोजना गरिएको हो ।

 तालिमको सहजिकरण युएनडिपिका कार्यक्रम विश्लेशक सुदिप अर्यालले गर्नु भएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशी, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा प्रशिक्षक द्धय सिनेटर गोपाल प्रसाद पाण्डे, जेसी गोपाल प्रसाद अधिकारी, बुटवल जेसीजका निर्वमान अध्यक्ष जेसी यम प्रसाद तिवारी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

 कार्यक्रममा बोल्दै बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशीले तालिम सप्ताहको आयोजना गरेर बुटवल जेसीजका बर्तमान अध्यक्षले उदाहरणिय कार्य गरेको बताउनु भयो ।     कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बुटवल जेसीजका पदाधिकारी तथा जेसीज सदस्यहरुलाई दिगो विकास लक्ष्यको बारेमा प्रष्ट पार्न उक्त तालिमको आयोजना गरिएको जानकारी दिनु भयो ।

 कार्यक्रम संयोजक जेसी प्रकाश शर्माले स्वागत मन्तब्य तथा जेसी मुक्ति राम पन्थिले आस्था बाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको थियो ।

अपेक्षित उपलब्धि ः क्म्न् को बारेमा जानकारी गराउने

प्राप्त उपलब्धि ः अपेक्षित उपलब्धी प्राप्त भएको छ ।

 सिकाई ः दिगो विकास लक्ष्य के हो र कस्ता कार्यक्रमहरु दिगो विकास लक्ष्य भित्र पर्दछन भन्ने कुरा प्रष्ट भएको छ ।

मुल्याङकन ः तालिम अत्यन्त प्रभावकारी भएको सहभागिहरुले प्रतिक्रिय दिएका छन् ।

 सुझाब तथा सिफारीस ः बुटवल जेसीजले अब दिगो विकास लक्ष्यलाई समेटेर कार्यक्रम गर्नु पर्ने सुझाव प्राप्त भएको छ ।


JCI Events Archive