Effective Public Speaking Training -JCI Butwal
2019-06-01 / 2019-06-01     11:00:00am - 04:00:00pm    
Location : Butwal Organized By : JCI Butwal



कार्यक्रम ः     Effective Public Speaking Training

क्षेत्र   ः     सामुदायिक

संयोजक ः     जेसी अमर खत्री

स्थान   ः     बुटवल जेसीज सचिवालय

मिति   ः           २०७६ जेठ १८ गते शुक्रबार तदनुसार   June 1, 2019

सहभागी ः     ७० जना

 

 उद्देश्यः       वाककलाको विकास गर्ने

 कार्यविधि ः प्रशिक्षण

 मुख्य भाग ः

    बुटवल जेसीजको तालिम सप्ताहको सातौ   दिन तथा अन्तिम दिन Effective Public Speaking Training सम्पन्न भयो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डे र नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले प्रशिक्षण दिनु भएको थियो । तालिमको पहिलो शत्रमा बुटवल जेसीजका पुर्व अध्यक्ष लालहरि पाण्डेले जेसीज अभियानको बारेमा बताउँदै तालिम सप्ताहको सञ्चालन रचनात्मक कार्य भएको बताउनु भयो । कार्यक्रममा कार्यक्रम संयोजक अमर खत्री,महेश पाण्डे लगाएतले मन्तब्य राख्नु भएको थियो । तालिममा बुटवल उपमहानगर ११ बाट सहभागिता रहेको थियो ।

 

   समापन समारोह ः

  बुटवल जेसीजले सञ्चालन गरेको एक हप्ते तालिम सप्ताह शनिबार सकिएको छ । तालिमको समापन गर्दै नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले तालिम सप्ताहले जेसीज अभियानलाई समुदायमा प्रभावकारी रुपमा पु¥याएको बताउनु भयो । उहाँले जेसीज युवाहरुको सिकाई स्थल भएको बताउँदै जेसीजमा रहँदा मात्रै नभएर जेसीजबाट बाहिर रहँदा पनि यसबाट सिकेका कुराहरुले जीवनमा सकारात्मक भूमिका खेल्ने बताउनु भयो ।

 तालिमको समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं. ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, जेसीज बोर्ड अफ टष्ट्रिजका अध्यक्ष बिन्ध्याकेशर जोशी, पूर्व अध्यक्ष गोपालप्रसाद पाण्डे, गणेशचन्द्र पोखरेल, निवर्तमान अध्यक्ष यमप्रसाद तिवारी लगायतले सप्ताह कार्यक्रम बाहेक पनि जेसीले युवाहरुमा नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गर्दै आएकाले जेसीज नेतृत्व बिकासको पर्यावाची भएको विश्लेषण गर्नुभएको थियो ।

 बुटवल जेसीले तालिम सप्ताहका अवसरमा युवाकालागि नेतृत्व बिकास, भाषण कला, बैठक सञ्चालन बिधि, माईन्युट लेखन, समुहगत एकता, व्यक्तित्व बिकास, समय व्यबस्थापन, दीगो बिकास लक्ष्य लगायतका बिषयमा तालिम प्रदान गरेको थियो । ती तालिममा जेसीज प्रशिक्षकहरु रमेश अर्याल, गोपालप्रसाद पाण्डे, श्रीधर बस्याल, राजु पौडेल, राजेन्द्र लम्साल, गोपालप्रसाद अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।     युवामा नेतृत्व बिकासकालागि बुटवल उपमहानगरपालिकाका बिभिन्न वडासंग समन्वय गरेर तालिम सञ्चालन गरिएको बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बताउनु भयो । तालिम ईन्ष्टिच्युटका रुपमा रहेको बुटवल जेसीजले विश्व बिद्यालयमा अध्ययन अध्यापन नहुने तर जीवनलाई सार्थक बनाउनकालागि अपरिहार्य रहेका नेतृत्व बिकास सम्बन्धि तालिम प्रदान गरिने बताउँदै जेसीजले प्रदान गरेका तालिम जीवनोपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमका माध्यमबाट सभ्य समाज निर्माणकालागि जेसीज अभियान रहेको बताउँदै तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न पनि आग्रह गर्नुभयो ।

    यस्ता खालका तालिमलाई समय समयमा सञ्चालन गर्दै लगिने तालिम सप्ताहका निर्देशक तथा प्रशिक्षक रमेश अर्यालले जानकारी गराउनु भयो । तालिम कार्यक्रमको समापन कार्यक्रमको सञ्चालन महासचिव राजिव गौतमले गर्नुभएको थियो ।

 

         

    अपेक्षित उपलब्धि ः वाक कलाको विकास गर्ने

प्राप्त उपलब्धि ः सहभागिहरु निर्धक्कसंग बोल्न सक्ने आँट लिएका छन् ।

    सिकाई     ः   प्राविधिक पक्षलाई चुस्त राख्नु पर्ने कुरा उक्त दिनको तालिमबाट हामिले सिकेका छौं ।

    मुल्याङकन ः तालिम अत्यन्त प्रभावकारी भएको सहभागिहरुले प्रतिक्रिय दिएका छन् ।

 

सुझाब तथा सिफारीस ः बुटवल जेसीजले यस्त तालिमहरु निरन्तर सञ्चालन गर्नु पर्ने सुझावहरु प्राप्त भएका छन् ।

 


JCI Events Archive