Art of anchoring Training -JCI Butwal
2019-05-29 / 2019-05-29     11:00:00am - 03:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम ः     Art of anchoring Training

क्षेत्र   ः     सामुदायिक

संयोजक ः     जेसी राजु उप्रेती

स्थान   ः     नमस्ते पार्टी प्यालेश बुटवल १३

मिति   ः           २०७६ जेठ १५ गते बुधवार तदनुसार   May 29, 2019

सहभागी ः     १०५ जना (६० जना महिला,४५ जना पुरुष )

 

 उद्देश्यः       उद्घोषण कलाको विकास गर्ने

 कार्यविधि ः प्रशिक्षण

 मुख्य भाग ः

 बुटवल जेसीजको तालिम सप्ताहको चौथो दिन ब्चत या Art of anchoring तालिम सम्पन्न भयो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष जेसी गोपाल प्रसाद अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।

 बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिक १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेट निर्मल प्रसाद लाकौल, सिनेटर टंक प्रसाद पोखरेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी राजु उप्रेतिले स्वागत मन्तब्य राख्नु भएको थियो ।

 कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर टंक प्रसाद पोखरेलले बुटवल जेसीज नेतृत्व र ब्यक्तित्व विकास गर्ने संस्था भएको बताउँदै तालिम सप्ताहले टोल टोलमा जेसीज अभियानलाई लैजाने काम गरेको बताउनु भयो । यस्तै बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलले बुटवल जेसीजमा आवद्ध भएका युवाहरुले अन्यसंघसंस्थामा सफल नेतृत्व दिएको बताउनु भयो । उहाँले वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले पृथक कार्यक्रमको रुपमा तालिम सप्ताह सञ्चालन गरि रचनात्मक कार्यको थालनी गरेको बताउँदै शुभकामना प्रकट गर्नु भयो ।

 

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिक १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले वडा स्तरमा तालिम लिएर आएकोमा बुटवल जेसीजलाई धन्यवाद ब्यक्त गर्नु भयो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले तालिम सप्ताहको चौथो दिन बुटवल जेसीजसंग सहकार्य गरेकोमा वडा नम्वर १३ का अधयक्ष तथा समितिका सदस्यहरुलाई कृतज्ञता प्रकट गर्नु भएको थियो ।

 

    अपेक्षित उपलब्धि ः उद्घोषण कलाको विकास गर्ने

 

प्राप्त उपलब्धि ः सहभागिहरुले उदघोषण कलाको बारेमा प्रयोगात्म अभ्यास गरेका छन् । यस्तै कार्यक्रमको तालिका बनाउन र उद्घोषण गर्दा अपनाउनु पर्ने कुराहरु सिकेका छन् ।

 

सिकाई ः सामुहीक कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरु, समय ब्यवस्थापन कसरी गर्ने विषयमा महत्वपुर्ण सिकाई भएको छ ।

 

मुल्याङकन ः वडा नम्बर १३ का विभिन्न समितीका पदाधिकारी तथा सदस्यहरु सहभागि रहेको तालिममा कार्यक्रम कसरी सञ्चालन गर्ने र वाक कलाको विकास कसरी गर्ने सन्दर्भमा महत्वपुर्ण ज्ञान पाएकोले तालिम उत्कृट भएको मुल्याङन भएको छ ।

सुझाब तथा सिफारीस ः आगामी दिनमा यस प्रकारको तालिम लामो अवधिको सञ्चालन गर्नु पर्ने सुझाव प्राप्त भएको छ ।


JCI Events Archive