Training Week 2019 - JCI Butwal
2019-05-25 / 2019-06-01     11:00:00am - 03:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


बुटवल जेसीज २०१९ ले सञ्चालन गरेको तालिम सप्ताहको कार्यक्रम प्रतिवेदन

पृष्ठभुमीः

सन् १९७४ मा स्थापित बुटवल जेसीजले वर्ष २०१९ सम्म आइपुग्दा बुटवल नगरीमा चार क्षेत्रहरुलाई आधार मानेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको पुरानो संस्थाको रुपमा रहेको बुटवल जेसीजका कार्यक्रमहरुले वेग्लै प्रभाव पार्दै आएका छन । विशेष गरी युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा जेसीजले महत्वपुर्ण योगदान पुराएको छ ।      

वर्ष २०१९ मा बुटवल जेसीजले तालिम सप्ताह सञ्चालन गरेर टोल टोलमा जेसीज अभियानलाई लैजान सफल भएको छ । खास गरी जेसीजको तालिम गैर जेसीज सदस्यहरुलाई पनि प्रदान गरि सक्रिय नागरिक उत्पादन गर्ने सोच बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले अघि सार्नु भएको हो ।सप्ताहब्यापि रुपमा सञ्चालन भएको तालिममा नेतृत्व र ब्यक्तित्व विकास, भाषण कला, बैठक सञ्चालन विधि, माइन्युट लेखन, समुहगत एकता, दिगो विकास लक्ष्य लगाएतका विषयहरुमा प्रशिक्षण भएका छन् । तालिम विश्व विद्यालयको रुपमा परिचित अन्तराष्ट्रिय जेसीजले तय गरेका मापदण्ड र नेपाल जेसीजको विधि विधान र अभियानलाई आत्मसात गर्दै तालिम सप्ताह सञ्चालन भएको हो ।

 तालिम सप्ताह सम्पन्न गर्नकोलागि बुटवल जेसीजका अध्यक्ष तथा नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याललाई तालिम निर्देशकको रुपमा बोर्डले जिम्मेवारी दिएको थियो । सात दिन सात तालिम नारा दिएर सञ्चालन गरिएको तालिममा जेसी महेश पौडेल, जेसी गोपाल न्यौपाने, जेसी राजु उप्रेति, जेसी अमर खत्री, जेसी मधु न्यौपाने, जेसी रमेश अर्याल वि, जेसी प्रकाश शर्मा रहनु भएको थियो ।

 बुटवल उपमहानगरपालिका विभिन्न वडाहरु संग सहकार्य गरी तालिम सप्ताह सञ्चालन गरिएको हो । जेसीजको अभियानलाई टोल टोलमा पुराउने र सहभागिहरुलाई सक्रिय नागरिको रुपमा जिवन यापन गर्न प्रेरित गर्ने लक्ष्य राखेर बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले सञ्चालन गरेको तालिम सप्ताह बुटवल जेसीजकै इतिहासमा नौलो र प्रभावकारी कार्यक्रम बन्न पुगेको छ । सात दिन सम्म के कस्ता तालिमहरु सम्पन्न भएत सम्पुर्ण विवरणहरु तल उल्लेख गरिएको छ ।

 

पहिलो दिनको तालिम

कार्यक्रम       : … Peak State Training

 क्षेत्र   :     ब्यक्तिगत

संयोजक :     जेसी महेश पाण्डे

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :         २०७६ जेठ ११ गते शनिबार तदनुसार   May 25, 2019

सहभागी ः     ५० जना (२० जना महिला,३० जना पुरुष )

 

 उद्देश्यः       सहभागिहरुलाई लक्ष्य निर्धारण गर्न प्रोत्साहन गर्ने

 कार्यविधि ः प्रशिक्षण

 मुख्य भाग ः

    बुटवल जेसीजको तालिम सप्ताहको पहिलो दिन … Peak State Training सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर वस्यालले प्रमुख प्रशिक्षकको रुपमा तालिम प्रदान गर्नु भएको हो । तालिममा बुटवल जेसीजका पदाधिकारीहरु, सदस्यहरु, बुटवल महिला जेसीज, सैनामैना जेसीज, जेसीआई सिदार्थ र रामग्राम जेसीजबाट पदाधिकारी तथा जेसीज सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकले जिवनको लक्ष्य निर्धारण, जिवन शैलि ब्यवस्थापन लगाएतका विषयहरुमा प्रकाश पार्नु भएको थियो । त्यस अघि पाँच नम्वर प्रदेशका प्रदेस सभा सदस्य तथा बुटवल जेसीजका मानार्थ सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार सिनेटर दिनेश श्रेष्ठ, सिनेटर गोपाल प्रसाद पाण्डे, सिनेटर गणेशचन्द्र पोख्रेल, छिमेकी शाखा रामग्राम जेसीजका अध्यक्षा जेसी नारायण सुवेदी, सैनामैना जेसीजका अध्यक्ष जेसी सुभास पौडेल, बुटवल महिला जेसीजका अध्यक्ष जेसी लक्ष्मि थापा, बुटवल जेसीजका निवर्तमान अध्यक्ष जेसी यम प्रसाद तिवारी, जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष सुमन शर्मा तथा वर्ष २०१९ का पदाधिकारीज्यूहरु लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो । साता दिन सात तालिम नाराका साथ सूरु भएको तालिम सप्ताह बुटवलका विभिन्न वडा कार्यालयसगको सहकार्यमा सञ्चालन हुने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बताउनु भयो । टोल टोलमा जेसीज अभियानमा लैजान तालिम सप्ताहले महत्वपुर्ण भूमिका खेल्ने जेसी नरदेव न्यौपानेको विस्वास छ । कार्यक्रममा संयोजक जेसी महेश पाण्डेले आस्था पाठ र तालिम निर्देशक जेसी रमेश अर्यालले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन तालिम सप्ताहका निर्देशक जेसी रमेश अर्यालले गर्नु भएको थियो ।

दोस्रो दिनको तालिम

  कार्यक्रम   :     Lead with vision Training

 क्षेत्र     :     सामुदायिक

संयोजक :     जेसी गोपाल न्यौपाने

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   ः           २०७६ जेठ १३ गते सोमबार तदनुसार   May 27, 2019

सहभागी ः     ६० जना (४० जना महिला,२० जना पुरुष )

  उद्देश्यः       नेतृत्व क्षमताको विकास गर्ने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

बुटवल जेसीजको तालिम सप्ताहको दोस्रो दिन Lead with vision Training सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा बुटवल जेसीजका पुर्व उपाध्यक्ष सिनेटर राजु पौडेलले प्रशिक्षण दिनु भएको हो । तालिममा बुटवल उपमहानगरपालिका वडा नम्वर १ बाट टोल समितीका पदाधिकारी, सदस्यहरु, विभिन्न क्लव तथा संघसस्थामा आवद्ध ब्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा नेतृत्व कसरी गर्ने भन्ने सन्दर्भमा ध्इच्प् क्ज्इए पनि भएको थियो । विशेष गरी नेताले लक्ष्य प्राप्तीको लागि समुहमा कसरी नेतृत्व गर्ने, सामुहिक कार्यमा कसरी जोड दिने, आवश्यकताहरुको पहिचान कसरी गर्ने सन्दर्भमा तालिम केन्द्रित रहेको थियो ।

 कार्यक्रम बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगलको प्रमुख आथित्यता, बोर्ड अफ टष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशीको विशिष्ट आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्वर १ संगको सहकार्यमा सम्पन्न भएको तालिममा बुटवल १ बाट सहभागिता रहेको थियो भने विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा तालिम सप्ताहका निर्देश जेसी रमेश अर्याल, कार्यक्रम संयोजक जेसी गोपाल न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगल, बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपाने लगाएतले बोल्नु भएको थियो । बुटवल जे्सीजका कोषाध्यक्ष जेसी अर्जुन ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

तेस्रो दिनको तालिम

कार्यक्रम :     Team work with Time Management Training

क्षेत्र   :     सामुदायिक

संयोजक :     जेसी मधु न्यौपाने

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :     २०७६ जेठ १४ गते मंगलबार तदनुसार   May 28,2019

सहभागी :   ८० जना (५० जना महिला,३० जना पुरुष )

 

 उद्देश्यः       सामुहीक कार्य र समय ब्यवस्थापन गर्न प्रेरित गर्ने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

    बुटवल जेसीजको तालिम सप्ताहको तेस्रो दिन Team work with Time Management Training सम्पन्न भयो । तालिममा प्रोफेसर राजेन्द्र लम्सालले प्रमुख प्रशिक्षको रुपमा प्रशिक्षण दिनु भएको थियो । श्रब्यदृष्य र विभिन्न प्रयोगात्मक शैलि अपनाईएको तालिममा सहभागिहरुले सक्रिय सहभागिता जनाएका थिए । बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी नवराज श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरेको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी नवराज श्रेष्ठले बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले तालिम सप्ताहको आयोजना गरेर जेसीज अभियानलाई थप बलियो बनाउन महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्दै शुभकामना प्रकट गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिले ब्यक्तित्व र नेतृत्व विकासमा बुटवल जेसीजले महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै तालिमको माध्यमबाट सभ्य समाज निमार्ण गर्ने अभियानमा बुटवल जेसीजसंग सहकार्य गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो । उहाँ बुटवल जेसीजका पुर्व उपाध्यक्ष समेत हुनहुन्छ । कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बुटवल जेसीजका अग्रज ब्यक्तित्व, वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिज्यूसंग सहकार्य गर्न पाउँदा खुसि लागेको बताउनु भएको छ । उहाँले तालिमको माध्यमबाट सहभागिहरुको नेतृत्व र ब्यक्तित्व विकास गरि सक्रिय नागरिकको रुपमा समाजलाई हष्तान्तरण गर्न तालिम सप्ताह सुरु गरेको धारणा राख्नु भयो ।

चौथो दिनको तालिम

कार्यक्रम :     Art of anchoring Training

क्षेत्र   :     सामुदायिक

संयोजक :     जेसी राजु उप्रेती

स्थान   :     नमस्ते पार्टी प्यालेश बुटवल १३

मिति   :     २०७६ जेठ १५ गते बुधवार तदनुसार   May 29, 2019

सहभागी :   १०५ जना (६० जना महिला,४५ जना पुरुष )

 

 उद्देश्यः       उद्घोषण कलाको विकास गर्ने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

 बुटवल जेसीजको तालिम सप्ताहको चौथो दिन Art of anchoring Training त्चबष्लष्लन सम्पन्न भयो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष जेसी गोपाल प्रसाद अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।

 बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिक १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेट निर्मल प्रसाद लाकौल, सिनेटर टंक प्रसाद पोखरेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी राजु उप्रेतिले स्वागत मन्तब्य राख्नु भएको थियो ।

 कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर टंक प्रसाद पोखरेलले बुटवल जेसीज नेतृत्व र ब्यक्तित्व विकास गर्ने संस्था भएको बताउँदै तालिम सप्ताहले टोल टोलमा जेसीज अभियानलाई लैजाने काम गरेको बताउनु भयो । यस्तै बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलले बुटवल जेसीजमा आवद्ध भएका युवाहरुले अन्यसंघसंस्थामा सफल नेतृत्व दिएको बताउनु भयो । उहाँले वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले पृथक कार्यक्रमको रुपमा तालिम सप्ताह सञ्चालन गरि रचनात्मक कार्यको थालनी गरेको बताउँदै शुभकामना प्रकट गर्नु भयो ।

 

 कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिक १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले वडा स्तरमा तालिम लिएर आएकोमा बुटवल जेसीजलाई धन्यवाद ब्यक्त गर्नु भयो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले तालिम सप्ताहको चौथो दिन बुटवल जेसीजसंग सहकार्य गरेकोमा वडा नम्वर १३ का अध्यक्ष तथा समितिका सदस्यहरुलाई कृतज्ञता प्रकट गर्नु भएको थियो ।

 पाचौं दिनको तालिम

कार्यक्रम :     Effective Meeting Procedure & minute writing

क्षेत्र   :     सामुदायिक

संयोजक :     जेसी रमेश अर्याल वि

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :     २०७६ जेठ १६ गते विहिबार तदनुसार   May 30. 2019

सहभागी :   ८० जना (३५ जना महिला,४५ जना पुरुष )

  उद्देश्यः       बैठक सञ्चालन विधी र माइन्युट लेखन बारे जानकारी गराउने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग ः

 बुटवल जेसीजको तालिम सप्ताहको पाँचौ दिन Effective Meeting Procedure & minute writing   तालिम सम्पन्न भयो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष जेसी गोपाल प्रसाद पाण्डेले उक्त तालिममा प्रशिक्षण दिनु भएको थियो । तालिम ब्यवस्थित बैठक सञ्चालन विधि र माईन्युट लेखनमा केन्द्रित थियो । सहभागिहरुले तालिम अत्यन्त फलदायि भएको बताउँदै आफ्नो टोल र संस्थामा बुटवल जेसीजले सिकाएका कुरा लागु गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।     बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष भिम वहादुर श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।

 उहाँले बुटवल जेसीजले प्रदान गर्ने तालिमहरु प्रभावकारी हुने बताउँदै आफ्नो वडासंग सहकार्य गरेकोमा खुसि ब्यक्त गर्नु भयो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले वर्ष २०१९ पुर्णरुपमा बुटवल जेसीजलाई समपर्ण गरेको बताउँदै आफ्नो कार्यकाललाई तालिममय बनाउने प्रतिवद्धता अनुसार तालिम सप्ताह सञ्चालन गरेको बताउनु भयो ।     बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालन गरेको उद्घाघाटन कार्यक्रममा कार्यक्रम संयोजक जेसी रमेश अर्याल वि ले आस्था वाचन गर्नु भएको थियो ।

 छैठौं दिनको तालिम

कार्यक्रम :     SDG for better society Training

क्षेत्र   :     ब्यक्तिगत

संयोजक :     जेसी प्रकाश शर्मा

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :           २०७६ जेठ १७ गते शुक्रबार तदनुसार   May 31, 2019

सहभागी :     ३० जना

  उद्देश्यः       SDG को बारेमा जानकारी गराउने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

 बुटवल जेसीजको तालिम सप्ताहको छैठौ   दिन SDG for better society Training सम्पन्न भयो । विशेष गरी अन्तराष्ट्रिय जेसीजले un संग सम्झौता गरि दिगो विकास लक्ष्यमा कार्य गरिरहेको अवस्थामा दिगो विकास लक्ष्य भनेको के हो त ? यसले सभ्य समाज निमार्णमा कस्तो भूमिका निर्वाह गर्छ ? यसले समुदायमा कस्तो प्रभाव पार्छ भन्ने कुराहरुको जानकारी बुटवल जेसीजका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी गराउने लक्ष्य राखेर यो तालिमको आयोजना गरिएको हो ।

 तालिमको सहजिकरण युएनडिपिका कार्यक्रम विश्लेशक सुदिप अर्यालले गर्नु भएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशी, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा प्रशिक्षक द्धय सिनेटर गोपाल प्रसाद पाण्डे, जेसी गोपाल प्रसाद अधिकारी, बुटवल जेसीजका निर्वमान अध्यक्ष जेसी यम प्रसाद तिवारी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो ।     कार्यक्रममा बोल्दै बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशीले तालिम सप्ताहको आयोजना गरेर बुटवल जेसीजका बर्तमान अध्यक्षले उदाहरणिय कार्य गरेको बताउनु भयो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बुटवल जेसीजका पदाधिकारी तथा जेसीज सदस्यहरुलाई दिगो विकास लक्ष्यको बारेमा प्रष्ट पार्न उक्त तालिमको आयोजना गरिएको जानकारी दिनु भयो ।कार्यक्रम संयोजक जेसी प्रकाश शर्माले स्वागत मन्तब्य तथा जेसी मुक्ति राम पन्थिले आस्था बाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको थियो

सातौ दिनको तालिम

 ्कार्यक्रम :     Effective Public Speaking Training

क्षेत्र   :     सामुदायिक

संयोजक :     जेसी अमर खत्री

स्थान   :     बुटवल जेसीज सचिवालय

मिति   :     २०७६ जेठ १८ गते शुक्रबार तदनुसार   June 1, 2019

सहभागी :     ७० जना

  उद्देश्यः       वाककलाको विकास गर्ने

 कार्यविधि : प्रशिक्षण

 मुख्य भाग :

  बुटवल जेसीजको तालिम सप्ताहको सातौ   दिन तथा अन्तिम दिन Effective Public Speaking Training  तालिम सम्पन्न भयो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डे र नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले प्रशिक्षण दिनु भएको थियो । तालिमको पहिलो शत्रमा बुटवल जेसीजका पुर्व अध्यक्ष लालहरि पाण्डेले जेसीज अभियानको बारेमा बताउँदै तालिम सप्ताहको सञ्चालन रचनात्मक कार्य भएको बताउनु भयो । कार्यक्रममा कार्यक्रम संयोजक अमर खत्री,महेश पाण्डे लगाएतले मन्तब्य राख्नु भएको थियो । तालिममा बुटवल उपमहानगर ११ बाट सहभागिता रहेको थियो ।

 

  समापन समारोह :

बुटवल जेसीजले सञ्चालन गरेको एक हप्ते तालिम सप्ताह शनिबार सकिएको छ । तालिमको समापन गर्दै नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले तालिम सप्ताहले जेसीज अभियानलाई समुदायमा प्रभावकारी रुपमा पु¥याएको बताउनु भयो । उहाँले जेसीज युवाहरुको सिकाई स्थल भएको बताउँदै जेसीजमा रहँदा मात्रै नभएर जेसीजबाट बाहिर रहँदा पनि यसबाट सिकेका कुराहरुले जीवनमा सकारात्मक भूमिका खेल्ने बताउनु भयो ।

तालिमको समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं. ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, जेसीज बोर्ड अफ टष्ट्रिजका अध्यक्ष बिन्ध्याकेशर जोशी, पूर्व अध्यक्ष गोपालप्रसाद पाण्डे, गणेशचन्द्र पोखरेल, निवर्तमान अध्यक्ष यमप्रसाद तिवारी लगायतले सप्ताह कार्यक्रम बाहेक पनि जेसीले युवाहरुमा नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गर्दै आएकाले जेसीज नेतृत्व बिकासको पर्यावाची भएको विश्लेषण गर्नुभएको थियो ।

 बुटवल जेसीले तालिम सप्ताहका अवसरमा युवाकालागि नेतृत्व बिकास, भाषण कला, बैठक सञ्चालन बिधि, माईन्युट लेखन, समुहगत एकता, व्यक्तित्व बिकास, समय व्यबस्थापन, दीगो बिकास लक्ष्य लगायतका बिषयमा तालिम प्रदान गरेको थियो । ती तालिममा जेसीज प्रशिक्षकहरु रमेश अर्याल, गोपालप्रसाद पाण्डे, श्रीधर बस्याल, राजु पौडेल, राजेन्द्र लम्साल, गोपालप्रसाद अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।     युवामा नेतृत्व बिकासकालागि बुटवल उपमहानगरपालिकाका बिभिन्न वडासंग समन्वय गरेर तालिम सञ्चालन गरिएको बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बताउनु भयो । तालिम ईन्ष्टिच्युटका रुपमा रहेको बुटवल जेसीजले विश्व बिद्यालयमा अध्ययन अध्यापन नहुने तर जीवनलाई सार्थक बनाउनकालागि अपरिहार्य रहेका नेतृत्व बिकास सम्बन्धि तालिम प्रदान गरिने बताउँदै जेसीजले प्रदान गरेका तालिम जीवनोपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमका माध्यमबाट सभ्य समाज निर्माणकालागि जेसीज अभियान रहेको बताउँदै तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न पनि आग्रह गर्नुभयो यस्ता खालका तालिमलाई समय समयमा सञ्चालन गर्दै लगिने तालिम सप्ताहका निर्देशक तथा प्रशिक्षक रमेश अर्यालले जानकारी गराउनु भयो । तालिम कार्यक्रमको समापन कार्यक्रमको सञ्चालन महासचिव राजिव गौतमले गर्नुभएको थियो ।

 अपेक्षित उपलब्धी : सहभागिहरुको नेतृत्व र ब्यक्तित्व विकास गर्ने

प्राप्त उपलब्धि : तालिम सप्ताहमा सहभागिहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकास भएको बताएका छन । यो नै प्राप्त मुख्य उपलब्धि हो । तालिममा सहभागि भएपछि बोल्न डर मान्नेहरु बोल्न सक्ने भएका छन् । बैठक सञ्चालन र माईन्युट लेख्न सक्ने भएका छन यसैगरी समुहगत एकता जिवनको लक्ष्य निर्धारण र प्राप्तीको लागि गर्नु पर्ने कार्यको बारेमा सिकेका छन, समय ब्यवस्थापन र उद्घोषण कलाको लागि प्रेरित भएका छन । यो नै प्राप्त उपलब्धि हो ।

  मुल्याङकन : बुटवल जेसीजले आयोजना गरेको तालिम सप्ताह सभ्य र भब्य रुपमा सम्पन्न भएको मुल्याङकन प्राप्त भएको छ । सहभागि तथा वडा अध्यक्षहरुले अन्य तालिमहरुमा पनि सहभागि भएको तर ति तालिमहरु बुटवल जेसीजले गरेको तालिम जस्तै प्रभावकारी नभएको धारणा राख्नु भएको थियो । यसबाट प्रष्ट हुन्छ कि तालिम सप्ताहको मुल्याङकन सकारात्क रुपमा भएको छ ।

सिकाई : सात दिन सम्म निरन्तर तालिम सञ्चालन गर्नु पक्कै पनि कठिन काम हो तर जेसी नरदेव न्यौपाने नेतृत्व बुटवल जेसीजले यो कार्यलाई सफलता पुर्वक सम्पन्न गरेको छ । काम गर्ने शिलशिलामा धेरै कुराहरु सिक्न पाईन्छ भने झै यो तालिम सप्ताहबाट ब्यवस्थापन, सहभागिता लगाएतका विषयहरु सिक्ने अवसर प्राप्त भएको छ । यस्तै तालिमको पाटो भित्र प्रशिक्षणलाई प्रभावकारी बनाउन प्रयोगात्क विधि र प्रभावकारी सिकाई पद्धति अपनाईएको थियो ।

सुझाव तथा सिफारिस :

बुटवल जेसीजले यस्ता तालिमहरु आगामि दिनहरु निरन्तरता दिनु पर्ने सुझावहरु प्राप्त भएका छन् ।


JCI Events Archive