जेसीज सप्ताहको उद्घाटनसहित वक्तृत्वकला प्रतियोगिता
2019-06-01 / 2019-06-01     01:00:00pm - 04:00:00pm    
Location : birendranagar surkhet Organized By : JCI Surkhet Lady


मिति २०७६÷०२÷१८ गते शनिबारका दिन ठिक १ः०० बजे जियाना रेष्टुरेन्टमा सुर्खेत महिला जेसीजद्वारा जेसीज सप्ताहको उद्घाटन कार्यक्रम र तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगीता सुर्खेत महिला जेसीजको अध्यक्ष जेसी लक्ष्मी कार्की प्रधान (सिया) ज्यूको अध्यक्षतामा भव्य रुपमा सम्पनन गरियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख श्री मोहनमाया ढकाल ज्यूको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि संस्थापक महासचिव एवम् पूर्व अध्यक्ष जेसी ज्योति पौडेल ज्यू, वडा नं. ६ का अध्यक्ष श्री मोति प्रसाद कंडेल ज्यू, अतिथि पूर्व अध्यक्ष जेसी सुस्मा गिरी के.सी. ज्यू, पूर्व अध्यक्ष जेसी प्रतिमा मल्लाह ज्यू, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष जेसी भद्र भण्डारी ज्यू, भेरीगंगा जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी रामु सुवेदी ज्यू, वीरेन्द्रनगर जुनियर जेसीजका निवर्तमान अध्यक्ष जुनियर जेसी यज्ञ खत्री ज्यू, जुनियर जेसीजका महासचिव जुनियर जेसी दुर्गा प्रसाद शर्मा ज्यू, सुर्खेत उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष श्री कृष्णा कुमारी थापा ज्यू, वडा नं. ६ का महिला सदस्य श्री कमला नेपाली ज्यू, वडा नं. ६ का कार्यालय सहसंयोजक श्री रेखा केसी ज्यू, सामाजिक संजाल मोटे ग्याङ्ग नेपालका एड्मीन श्री कुमार शमशेर थापा ज्यू, कलाकार÷चित्रकार श्री सुरज लामगादे ज्यू, लगायत विभिन्न संघ÷संस्थाका प्रमुख एवम् प्रतिनिधि ज्यूहरुको उपस्थिती रहेको थियो ।
तुलसी स्मृति वक्तृत्वकला प्रतियोगितामा प्रमुख निर्णायकको भूमिकामा श्री द्रोणलता खत्री ज्यू हुनुहुन्थ्यो भने अरु दुई निर्णायक श्री मिना देवकोटा ज्यू र सुर्खेत महिला जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी सुस्म ागिरी रहनु भएको थियो । उक्त प्रतियोगितामा प्रथम हुन सफल जन उच्च मा.वि.का ज्योति देवकोटा, दोस्रो सेन्टमेरीजका आशिका रावल र तृतिय हुन सफल श्री कृष्णा संस्कृत मा.वि.का कमला अधिकारीलाई पुरस्कारको लागि सहयोग सुर्खेत महिला जेसीज कि पूर्व अध्यक्ष जेसी. सुस्मा गिरी ज्यूले गर्नु भएको थियो भने खाजाको लागि अर्घखा“ची सिमेन्ट प्रा.लि., अम्बे स्टिल प्रा.लि., ॐ श्री सत्य साई साझा हार्डवेयर बुटलले प्रायोजक गर्नु भएको थियो । उक्त दिनको उद्घाटन कार्यक्रमको संयोजक उपाध्यक्ष जेसी लक्ष्मी गुरुङ्ग र तुलसी स्मृति वक्तृत्वकला प्रतियोगिताको संयोजक जेसी सपना मगर रहनु भएको थियो । कार्यक्रम वर्ष २०१८ का अध्यक्ष जेसी कृति गुभाजु शाक्य ज्यूले सञ्चालन गर्नु भएको थियो । सप्ताहव्यापी कार्यक्रमको मूल संयोजक कार्यकारिणी उपाध्यक्ष जेसी रस्मि शाक्य रहनु भएको थियो ।

JCI Events Archive