जेसीज सप्ताहको दोस्रो दिन (स्वास्थ्य शिविर)
2019-06-03 / 2019-06-03     11:00:00am - 03:00:00pm    
Location : झुप्रा खोला स्थीत वादीबस्ती Organized By : JCI Surkhet Lady


मिति २०७६-०२-२० गते सोमबारका दिन ठिक १२ः०० बजे झुप्रा खोला स्थीत वादीबस्तीका बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य शिविर सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी लक्ष्मी कार्की प्रधान (सिया) ज्यूको अध्यक्षतामा सफलता पूर्वक सम्पन्न गरियो । शिविरमा २१ दिने बालबालिका देखि ११ वर्ष सम्मका गरेर ७४ जनाले स्वास्थ्य जा“च गराएका थिए । जस मध्य एक जनामा मुटुको समस्या र एक जना बालकमा कुष्ठरोग पाईएको थियो । शिविरमा स्वास्थ्य जा“च डाक्टर अर्चना कार्की ज्यूले गर्नु भएको थियो भने नेपाल बाल पोलिक्लिनीकका सहकर्मीहरुको पनि सहभागिता रहेको थियो । उक्त शिविरलाई विङ्गस फाउण्डेसन नेपाल र वडा नं. ११ ले सहकार्य गर्नु भएको थियो भने मुख्य प्रायोजक वणपति सिमेन्ट इण्डस्ट्रीजले गरेको थियो । साथै अशिम अटो पार्टस, बजाज स्वरुम, जुम्ला रोड, न्यू बुलबुले अटो सेल्स (होण्डा सुर्खेत), राजु कलेक्सन, न्यू सौगात ट्रेडिङ्ग हाउस, श्री कृष्ण वस्त्रालय, तृष्णा लामगादे, स्मारिका शेरचन, सुजा गुरुङ्ग, लक्ष्मी श्रेष्ठ, रत्ना वि.क., ज्योति गुरूङ्ग (साथीहरु)ले आर्थिक सहयोग गर्नु भएको थियो । यातायातको लागि सुवेन्द्र प्रधान ज्यू हिम्मत शाही ज्यू र महेन्द्र के.सी. ज्यूले सहयोग गर्नु भएको थियो । सुर्खेत महिला जेसीज वर्ष २०१३ का अध्यक्ष जेसी ज्योति पौडेलजयूको प्रमुख आतिथ्यता रहेको उक्त शिविरमा २०१६ का अध्यक्ष जेसी प्रतिमा मल्लाह विशिष्ट अतिथि रहनु भएको थियो । उक्त कार्यक्रम जेसी बिन्द्रा थापाले संचालन गर्नु भएको थियो ।

JCI Events Archive