जेसीज सप्ताहको तेस्रो दिन (रक्तदान कार्यक्रम)
2019-06-03 / 2019-06-03     11:30:00am - 01:00:00pm    
Location : विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady


मिति २०७६-०२-२२ गते बुधबारका दिन ठिक ८ः०० बजे पिपलचौतारामा सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी लक्ष्मी कार्की प्रधान (सिया) ज्यूको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा सुर्खेत महिला जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी सुस्मा गिरी ज्यू प्रमुख अतिथि रहनु भएको थियो भने अतिथि सुर्खेत महिला जेसीज वर्ष २०१८ का अध्यष जेसी भद्र भण्डारी ज्यू, सुर्खेत उद्योग वाणिज्य संघका नगरपालिकाका स्वास्थ्य सह संयोजक श्री सिता शर्मा ज्यू कुमार शमशेर थापा ज्यू, सामाजिक अभियानता टोप बहादुर थापा ज्यू रहनु भएको थियो । उक्त कार्यक्रमलाई श्री पशुपति सिमेन्ट प्रा.लि. (गोर्खा सिमेन्ट) ज्यू, बुलबुले अटो सेल्स (होण्डा सुर्खेत) लक्ष्मी चलचित्र हल, मंगोलियन कलेक्सन, ब्राइट फ्यूचर मोन्टेश्वरी, प्रतिक्षा मोन्टेश्वरी, सिग्मा मोन्टेश्वरी, लोटस मोन्टेस्वरी र सुर्खेत मार्टले आर्थिक सहयोग गर्नु भएको उक्त कार्यक्रमलाई उपाध्यक्ष जेसी पवित्रा गुरूङ्गले संयोजन गर्नु भएको थियो ।


JCI Events Archive