जेसीज सप्ताहको चौथो दिन (१ दिने कानूनी साक्षरता कार्यक्रम)
2019-06-04 / 2019-06-04     11:30:00am - 05:00:00am    
Location : वडी्च‍ोर Organized By : JCI Surkhet Lady


मिति २०७६-०२-२३ गते बिहिबारका दिन ठिक १२ः०० बजे बड्डिचौर स्थित जनज्योतिम ा.वि. मा १ दिने कानूनी सँक्षरता कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको अध्यक्षता जेसी लक्ष्मी कार्की प्रधान (सिया) ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि वर्ष २०१३ का अध्यक्ष जेसी ज्योति पौडेल ज्यूको रहेको थियो । उक्त कार्यक्रममा छात्रा र शिक्षक गरी जम्मा ८५ जनाको सहभागीता रहेको थियो । अधिवक्ता श्री राम बहादुर जि.सी. ज्यूले सहजीकरण गर्नू भएको उक्त कार्यक्रमको संयोजक जेसी गंगा रोकाय हुनुहुन्थ्यो । कार्यक्रम मूल संयोजक जेसी रश्मी शाक्यले सञ्चालन गर्नु भएको थियो । सोही कार्यक्रममा जनज्योति मा.वि.का १० जना शिक्ष्ँकहरुले सुर्खेत महिला जेसीजका सदस्यता समेत लिनु भएको थियो भने उक्त कार्यक्रमलाई सफल रुपमा सञ्चालन गर्न जेसीज साथीहरु जेसी अनु गुरूङ्ग, जेसी लक्ष्मी गुरूङ्ग, जेसी गंगा रोकाय, जेसी सिता भण्डारी, जेसी टिना थापा, जेसी मिना गुरूङ्गहरुले आर्थिक सहयोग गर्नु भएको थियो ।

JCI Events Archive