आमा नृत्य प्रतियोगिता
2019-06-08 / 2019-06-08     10:30:00am - 12:30:00pm    
Location : विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady


महिलाहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्न तथा लुकेर रहेका क्षमतालाई बाहिर ल्याउनका लागी सुर्खेत महिला जेसीजद्वारा “आमा नृत्य प्रतियोगिता”को आयोजना गरिएको थियो । उत्कृष्ठ सहभागिता रहेको उक्त प्रतियोगितामा आमा नृत्य प्रतियोगिताको विजेता श्री गंगा बस्याल हुनु भएको थियो भने प्रमुख निर्णायक कलाकार श्री खिम बस्याल, निर्णायक सुर्खेत महिला जेसीज वर्ष २०१६ का अध्यक्ष जेसी प्रतिमा मल्लाह र स्टार अफ टुमारो डान्स एकेडेमीका सञ्चालक श्री रमेश शाही रहनु भएको थियो । विजेतालाई प्रदान गरिने ट्रफी र कदर पत्रको लागि वर्ष २०१६ का अध्यक्ष जेसी प्रतिमा मल्लाह ज्यूले आर्थिक सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रम जेसी सिता भण्डारीले संचालन गर्नु भएको थियो ।

JCI Events Archive