जेसीज सप्ताह समापन समारोह
2019-06-08 / 2019-06-08     02:00:00pm - 05:00:00pm    
Location : विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady



मिति २०७६ साल जेठ २५ गते सुर्खेत लेडी जेसीजले सञ्चालन गरेको जेसीज सप्ताहको अन्तिम कार्यक्रम स्वरुप समापन कार्यक्रम रहेको थियो । समापन कार्यक्रममा वक्तृत्वकला प्रतियोगीताका विजेता, आमा नृत्य प्रतियोगिता वा विजेताहरुलाई पुरस्कार र प्रदान गरिनुका साथै रक्तदाताहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
जेसीज सप्ताहको अन्तिम दिनको कार्यक्रममा प्रमुख अतिथि सुर्खेत महिला जेसीज वर्ष २०१३ का अध्यक्ष जेसी ज्योती पौडेल ज्यू हुनुहुन्थ्यो । विशिष्ठ अतिथि वर्ष २०१५ का अध्यक्ष जेसी सुस्मा गिरी ज्यू, वर्ष २०१६ का अध्यक्ष जेसी प्रतिमा मल्लाह ज्यू, वडा न.. ६ का अध्यक्ष श्री मोति प्रसाद कंडेल ज्यू, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव श्री लक्ष्मण कंडेल ज्यू, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष जेसी भद्र भण्डारी ज्यू, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष जेसी बसन्त थापा ज्यू, अतिथि वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८ का अध्यक्ष जुनियर जेसी यज्ञ खत्री ज्यू, बालविकास केन्द्रका शिक्षक श्री लंका गिरी ज्यू, सामाजिक सञ्जाल मोटे ग्याङ्गका एड्मीन श्री कुमार शम्शेर थापा ज्यू, सामाजिक अभियानता श्री टोप बहादुर थापा ज्यू, मिस सुर्खेत २०१८ श्री श्रुती खड्का ज्यू, राजु कलेक्शन का सञ्चालक श्री राजु पाण्डे ज्यू, वीरेन्द्रनगर जेसीजका महासचिव जेसी कटक बहादुर थापा ज्यू, स्वास्थ्यका लागि सक्षम प्रणालका प्राविधिक अधिकृत श्री कमला जैसी ज्यूहरुको उपस्थितीमा वर्ष २०१९ का अध्यक्ष जेसी लक्ष्मी कार्की प्रधान (सिया) ज्यूको अध्यक्षतामा समापन कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि प्रायोजकहरु लगाएत जेसीज सप्ताहको मूल संयोजक जेसी रश्मी शाक्य र सम्पूर्ण संयोजकहरुबाट अध्यक्ष ज्यूद्वारा मायाको चिनो प्रदान गरिएको थियो । अन्तिम दिनको कार्यक्रममा खाजाको लागि शुभम् सप्लायर्स (गोर्खा) विनायक सिमेन्टका अधिकृत विक्रेताका सञ्चालक श्री सुवेन्द्र प्रधान ज्यूले आर्थिक सहयोग गर्नु भएको थियो साथै सुर्खेत महिला जेसीजका सम्पूर्ण कार्यक्रममा व्यानर पूर्व अध्यक्ष जेसी ज्योति पौडेलज्यूले सहयोग र भव्यताका साथ सम्पन्न गरियो ।

JCI Events Archive