YOUTH ENTREPRENEUR DEVELOPMENT TRAINING
2019-06-28 / 2019-06-28     09:00:00am - 03:30:00pm    
Location : Damak Organized By : JCI Damak


                        दमकका युवाहरुलाई उद्यमशीलता तर्फ आर्कषित गराउन उद्देश्यले  शुक्रवार युवा उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ । दमक उद्योग वाणिज्य र दमक जेसीजको संयुक्त आयोजना तथा दमक नगरपालिकाका सहयोगमा एक दिने युवा उद्यमशीलता विकास तालिम प्रदान गरिएको हो । वाणिज्य संघको सभाहलमा सञ्चालित तालिमको उद्घाटन नगर प्रमुख रोमनाथ ओलीले गरे । उद्घाटनका क्रममा नगर प्रमुख ओलीले हरेकले सीप,कलामा नै आफनो भविष्य निर्माण हुने भएकाले त्यसमा इमान्दारिता वन्न जरुरी भएको औल्याए । तालिममा व्यवसाय गर्न चाहने तथा व्यवसाय गरिआएका दमक क्षेत्रका ५० वढी व्यवसायी युवाहरुको सहभागिता रहेको थियो ।दमकका व्यवस्थापन संकायमा अध्ययनरत बिद्यार्थी र व्यवसायी सहभागी भएको उक्त तालिममा व्यवसयामा लाग्नुका कारण र यसबारेमा बिशेष गरि नव आगन्तुक व्यवसायी र प्रवेश गर्न चाहने यूवाले ध्यान पुर्याउनु पर्ने कुराका बारेमा चर्चा गरिएको थियो । तालिममा अनुसन्धान तथा सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । तालिममा केन्द्रका प्रशिक्षकद्धय सुदिप उप्रेती र द्रोर्ण उप्रेतीले सहजीकरण गरेका थिए भने सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको  थियो / 

JCI Events Archive