बुटवल जेसीजमा Pre-Induction Training सम्पन्न
2019-06-28 / 2019-06-28     04:00:00pm - 07:00:00pm     Host Chapter: Butwal

Location : Butwal Organized By : JCI


कार्यक्रम : पूर्व परिचयात्मक तालिम  (Pre-Induction Training)
क्षेत्र : ब्यक्तिगत
संयोजक : जेसी मोहन न्यौपाने
स्थान : बुटवल जेसीजको सचिवालय
मिति : २०७६ आषाढ १३ गते शुक्रबार तदनुसार 28 June, 2019
सहभागी :  ननजेसीज : २६ जना

जेसीज सदस्य तथा पदाधिकारी : ११

 जम्मा : ३७ जना
   
उद्देश्यः
बुटवल जेसीजको साधारण सभाको निर्णय अनुसार १०१ जना सदस्य संख्या पुराउनका लागि नयाँ इच्छुक व्यक्तित्वहरुलाई जेसीजका बारेमा बुझाउनु ।
कार्यक्रमको संक्षिप्त विवरणः
बुटवल जेसीज–२०१९ ले पूर्व परिचयात्मक कार्यक्रम (Pre-Induction Training) सम्पन्न गरेको छ । बुटवल जेसीजका  अध्यक्ष जेसी नरदेव न्यैपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा बुटवल जेसीज–२०१९ का सल्लाहकार सिनेटर राजु पौडेलले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो ।

बुटवल जेसीजका पुर्व अध्यक्षहरुको तर्फबाट सिनेटर निर्मल प्रसाद लाकौलले जेसीज जिवनको बारेमा आफ्ना अनुभवहरु बताउदै बुटवल जेसीजको इतिहासको बारेमा प्रकाश पार्नु भएको थियो ।

नयाँ सदस्यकोलागि सहभागिता जनाएका युवाहरुलाइ अन्तराष्टिय जेसीज, नेपाल जेसीज र बुटवल जेसीजको परिचय गराइएको थियो भने जेसीजका क्षेत्रहरु, जेसीज आस्था, जेसीज मिसन, भिजन लगाएतका विषयहरुमा प्रशिक्षण केन्द्रित थियो । अपरान्ह ४ बजे देखि सुरु भएको तालिम साँझ ७ बजे सम्म सञ्चालन भएको थियो ।

बुटवल जेसीज वर्ष २०१९ मा १४ जना नयाँ सदस्यका लागि आवेदन खुलाइएकोमा ३०  जनाको आवेदन परेको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले सहभागिहरुलाई ३ महिनाको लागि प्रयवेक्षकको रुपमा राखि त्यस मध्यबाट १४ जना छनोट गरिने बताउनु भयो । उहाँले जेसीज एक अभियान भएको बताउदै युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो । जेसीजले विधीको शासनको वकालत गर्ने भएको हुदाँ जेसीजका युवाहरुले जेसीज आस्थालाइ मन बचन र कर्मले ब्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जेसी महेश पाण्डेले जेसीज आस्था पाठ गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव राजिव गौतमले गर्नु भएको थियो ।


JCI Events Archive