सीप मुलक तालिम
2019-06-30 / 2019-07-06     05:00:00pm - 07:00:00pm    
Location : चिसापानी ,विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady


भैरव युवा सशक्तीकरण केन्द्र (लाघु अौषध परामर्श तथा पुनरस्थापना केन्द्र )सुर्खेतको अायोजना र सुर्खेत महिला जेसीजको सहकार्यमा ७ दिने सिपमुलक तालिमको अाज पहिलो दिन सफलता पुर्वक कार्यक्रम सम्पन्न गरियो।यस सुधार केन्द्रमा रहनु भएका ३४ जना दाजुभाईलाई स्वरोजगार बनाउन र उहाँहरुको क्षमता वृद्धि गर्नेहेतु यो तालिमको आयोजना गरिएको कुरा यस संस्थाका अध्यक्ष श्रि ललित भट्टराईज्युले बताउनु भयो।तालिमको अाज पहिलो दिन अायोजकका टिम र सुर्खेत महिला जेसीजका पुर्व अध्यक्ष जेसी ज्योति पौडेल ज्यु,जेसी सुस्मा गिरि ज्यु, अध्यक्ष जसी लक्ष्मि कार्की प्रधान ( सिया ),निवर्तमान अध्यक्ष जेसी कृति गुभाजुज्यु को उपस्थिति रहेको उक्त तालिमका प्रमुख प्रशिक्षक सुर्खेत महिला जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि शाक्यज्युले शहरीकरण गर्नु भएको थियो।

JCI Events Archive