‘महिला सशक्तिकरण’ को तालिम
2019-07-03 / 2019-07-03     10:00:00am - 04:00:00pm    
Location : Damak Organized By : JCI Damak


दमक जेसीजको संयोजन तथा दमक नगरपालिका वडा नम्बर ८ को आयोजनामा एक दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । तालिममा दमक क्षेत्रका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरेले सहभागिहरुलाई महिला सशक्तिकरणका बारेमा प्रशिक्षण गराउनु भएको थियो । वडा नम्बर ८ का वडा अध्यक्ष पशुपति गौतमको सभापतित्व तथा दमक नगरपालिकाककी उपमेयर गीता अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी, दमक जेसीजका अध्यक्ष भीमराज चम्लगाईले बोल्नु भएो थियो । कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव सुयोग खरेलले गर्नु भएको थियो ।

JCI Events Archive