EPS & Anchoring Training - JCI Butwal
2019-07-27 / 2019-07-27     11:00:00am - 04:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                                                                               निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                                                                                नेपाल जेसीज
थापाथली, काठमाडौ                                                                                       थापाथली, काठमाडौ

EPS & Anchoring Training -            

पृष्ठभुमीः
    सन् १९७४ मा स्थापना भएको बुटवल जेसीजले युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा महत्व पुर्ण भूमिका निर्वाह गर्दै आएको छ । जेसीजका चार क्षेत्रहरुमा आफ्ना कार्यक्रमहरु केन्द्रित गर्दै अगाडि बढिरहेको बुटवल जेसीजलाई स्थापनाकालमा भाषण गर्न सिकाउने संस्थाको रुपमा पनि यस क्षेत्रका मानिसहरुले चिन्ने गरेको कुरा हाम्रा अग्रजहरुले सुनाउदै आउनु भएको छ । 


   भनिन्छ बोल्नेको पिठो पनि विक्छ नबोल्नेको चामल पनि विक्दैन । युवाहरुमा वाककला भएन भने कुशल नेतृत्व र लक्ष्य प्राप्तीमा समस्या पर्ने उक्त प्रचलित भनाईले पुष्टि गर्दछ ।
    बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेले बुटवल आसपासमा रहेका युवाहरुको वाककला विकास गर्ने योजना अनुसार प्रभावकारि भाषण कला तथा उद्घोषण तालिम आयोजना भएको हो ।
    हरेक कुरामा सक्षम भएपनि यदि युवामा वाक क्षमता भएन भने ब्यक्तित्व र नेतृत्व राम्रोसंग नहुने धारणा राख्नु हुने बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेले युवाहरुआवद्ध भएका संस्थाहरुसंग यो वर्ष सहकार्य गर्दै आउनु भएको छ । यो तालिममा टिम नेपो र नेपाल परिवार नियोजन संघ, रुपन्देहीसंगको सहकार्यमा प्रभावकारी भाषण कला तथा उद्घोषण तालिम सम्पन्न भएको हो ।

                 
कार्यक्रम :  EPS & Anchoring Training -            
क्षेत्र : सामुदायिक
संयोजक :जेसी यदुमणि पोख्रेल
स्थान :बुटवल जेसीजको तालिम हल
मिति :        २०७६ साउन ११ गते शनिवार तदनुसार व्गथि द्दठ, द्दण्ज्ञढ
सहभागी :    ८० जना (६० जना पुरुष, २० जना महिला )
 
उद्देश्यः युवाहरुमा वाककला क्षमताको विकास गर्ने

कार्यविधि : प्रशिक्षण
मुख्य भाग :
बुटवल जेसीजले यस क्षेत्रका युवाहरुलाई लक्षित गरि प्रभावकारी भाषण कला तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । टिप नेपो र नेपाल परिवार नियोजन संघ, रुपन्देहीसंगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो । 


बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर गणेशचन्द्र पोख्रेलले जिवनमा सकारात्मक परिवर्तन ल्याउन जेसीजका तालिमले महत्वपुर्ण योगदान दिने बताउदै सिकेका कुराहरुलाई ब्यवहारमा उतार्नु पर्ने बताउनु भयो ।
यस्तै नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरेले बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले यस वर्ष महत्वपुर्ण तालिम आयोजना गरेको उल्लेख गर्नु भयो । 


उहाँले प्रभावकारी भाषण कला अति महत्वपुर्ण विषय रहेकोले यो तालिमले सहभागिहरुको जिवनमा परिवर्तन ल्याउने कुरामा विस्वस्त रहेको बताउनु भयो ।
टिम नेपो ५ नम्वर प्रदेशका संयोजक तथा नेपाल परिवार नियोजन संघ, रुपन्देहीका युवा सममिती अध्यक्ष अशोक गौतमले बुटवल जेसीज संघ सहकार्य गर्न पाएकोमा खुशि ब्यक्त गर्नु भयो । उहाँले बुटवल जेसीजले प्रदान गर्ने तालिमहरु अत्यन्त प्रभावकारी हुने भएकोले विभिन्न क्षेत्रका युवाहरु जेसीजमा प्रवेश गर्न र तालिम लिन आतुर भएको बताउनु भयो । आगामी दिनमा पनि आफु र आफ्नो संस्था बुटवल जेसीज संघ सहकार्य गर्न तयार रहेको धारणा राख्नु भयो । 


तालिममा सहभागि ८० जना युवाहरुलाई नेपाल जेसीजका प्रशिक्षक तथा बुटवल जेसीजका उपाध्यक्ष जेसी रमेश अर्यालले प्रशिक्षण दिनु भएको थियो ।
दुइ चरणमा विभाजमा गरिएको तालिमको पहिलो शत्रमा उद्घोषण कला सम्बन्धी र दोस्रो चरणमा प्रभावकारी भाषण कला सम्वन्धी प्रशिक्षण अर्यालले दिनु भएको थियो । प्रयोगात्मक र सैद्धान्तीक पक्षलाइ समेटेर तालिम प्रदान गरिएको थियो ।
तालिममा बुटवल जेसीज वर्ष २०१९ का कोषाध्यक्ष जेसी अर्जुन ज्ञवाली र बुटवल जेसीजका पुर्व उपाध्यक्ष जेसी महेश पाण्डेले आफ्नो अनुभव सहभागिहरुलाई बाड्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले कोही पनि युवा बोल्न नसेकै कारण पछाडि पर्न नपरोस भन्ने लक्ष्यले तालिमको आयोजना गरेको बताउनु भयो । जेसीज अनौपचारिक विश्व विद्यालय भएको बताउदै उहाँले भन्नु भयो–‘औपचारिक विश्व विद्यालयमा पढ्न नपाएका कुराहरु जेसीजको तालिममा अध्ययन गर्न पाइन्छ ।’

उहाँले आफ्नो बाँकी रहेको कार्यकालमा थप महत्वपुर्ण तालिमहरु सञ्चालन गरि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासको लागि खरोरुपमा उत्रने बताउनु भयो । उहाँले तालिम सम्पन्न गर्न सहकार्य गर्ने संस्था टिम नेपो, परिवार नियोजन संघ, रुपन्देही तथा कार्यक्रम संयोजक, प्रशिक्षक लगाएतलाई धन्यवाद प्रकट गर्नु भयो ।
बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको कार्यक्रम सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उक्त तालिमको लागि कार्यक्रम संयोजकको जिम्मेवारी सम्हाल्नु भएका जेसी युदुमणि पोख्रेलले जेसीज आस्था बाचन गर्नु भएको थियो । तालिम विहान ११ बजे देखि ४ बजे सम्म सञ्चालन भएको थियो ।

अपेक्षित उपलब्धि
सहभागि युवाहरुको बाक क्षमता वृद्धि गरी नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने ।

प्राप्त उपलब्धिहरु
१. सहभागिहरुले तालिमलाई अत्यन्त महत्वपुर्ण तरिकाले ग्रहण गर्नु ।
२. उद्घोषण कलाको विकास गर्न प्रयोगात्मक अभ्यासमा सहभागि हुनु ।
३. प्रभावकारी भाषण कलाको विकासको लागि तत्पर हुनु ।
४. उक्त विषयमा केन्द्रित अन्य तालिममा सहभागि भए पनि बुटवल जेसीजको एक दिने तालिमबाट नै धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिनु ।
५. जेसीजको तालिममा आगामी दिनु पनि सहभागि हुने प्रतिवद्धता ब्यक्त गर्नु ।
    सिकाई
    प्राविधिक कुराहरु समावेश हुने यस्ता तालिमहरु धेरै भन्दा धेरे युवाको ब्यवशायिको माझमा लैजाने र कार्यशालाको रुपमा तालिमलाई सञ्चालन गर्नु पर्ने हामीले महशुस गरेका छौं ।
    मुल्याङकन ः
    सहभागि युवा ब्यवशायिहरुले तालिम उत्कृट भएको प्रतिक्रिया दिएका छन् ।
सुझाब तथा सिफारीस
  यस्ता महत्वपुर्ण तालिमहरु विभिन्न समयमा गर्नु पर्ने सुझावहरु प्राप्त भएका छन् ।

JCI Events Archive