Motivation & Leadership Development Training
2019-07-29 / 2019-07-29     10:05:00am - 05:30:00pm    
Location : Bal sudhargrih saano thimi Organized By : JCI Kathmandu Lady



Motivation & Leadership Development Training

२९ july २०१९ का दिन नेपाल जेसिजका वर्ष २०१९ का रास्ट्रिय अधक्ष्य जे.सि.आई. सिनेटर महेश पौडेलज्युको सभापतित्व तथा जेसिआई काठमाडौँ लेडीका अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी को अधक्ष्यता मा सानो ठिमीस्थित बाल सुधार गृहमा जेसिआई काठमाडौँ लेडी द्वारा आयोजित मोटिभेसन तथा लिडरशिप डेभलपमेन्ट ट्रेनिंग कार्यक्रम आयोजना गरियो | उक्त कार्यक्रमका प्रमुख अतिथि underprivileged children's educational programs (ucep)नेपाल का ब्यबस्थापक तथा बाल सुधार गृहका गृहप्रशासक श्री बिपिन आचार्य ज्यु हुनुहुन्थ्यो | २६५ जना बालबालिका हरुलाई प्रशिक्षक जेसी सजना नकर्मी तथा जेसिजका सदस्यज्युहरुले मोटिभेसन तथा लिडरशिप डेभलपमेन्ट ट्रेनिंग संचालन गर्नु भएको थियो | यस्ता कक्षा संचालनले भोलिको पिँढीमा सफल जीवन जिउन सघाउ पुग्ने र समाज सभ्य सु संस्कृत हुने तथा ‘आजका विद्यार्थी भविष्यका कर्णधार हुन् त्यसैले उनीहरुलाई सत्मार्गमा लगाउनु हाम्रो सस्थाको प्रमुख लक्ष्य हो ।’ अधक्ष्य अर्चना श्रेष्ठ मुनंकर्मी ले बताए |
उक्त दिन खाजा को ब्यबस्था पनि गरिएको थियो | कार्यक्रमकी संयोजिका जेसी सुनिता राजभण्डारी , उदघोषक जेसी लक्ष्मी बुढाथोकी हुनुहुन्थ्यो |

JCI Events Archive