Tree plantation for 7 days
2019-07-20 / 2019-07-26     07:05:00am - 10:30:00pm    
Location : Swaymbhu Organized By : JCI Kathmandu Lady


सप्ताहब्यापी वृक्षारोपण कार्यक्रम

२०७६ साल साउन ४ गते देखि १० गते सम्म जेसिआई काठमाडौँ लेडी द्वारा आयोजित बि.पि स्मृती सप्ताहब्यापी वृक्षारोपण कार्यक्रम असार श्रावणको महिना वृक्षारोपण गर्ने उपयुक्त समय हो भनि टोल टोलका खाली क्षेत्र, सडक किनारा, नदीको किनारा , स्वयम्भु डाँडा,पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो |उक्त्त वृक्षारोपणमा धुपी , लप्सी , तेजपात , रुद्राक्ष , बेलपत्र , गुलमोहर , पारिजात , बदहर,आदि विभिन्न किसिम का बोट बिरुवाहरु रोपिएको थियो| वृक्षारोपण कार्यक्रममा सहभागी जेसिज तथा नन जेसिज गरि ६५ जनाको उपस्थित थियो |संयोजिका जेसी अनिता थापा बिस्ट हुनुहुन्थ्यो |

JCI Events Archive