Pre-Induction Training- JCI Butwal 2018
2018-06-30 / 2018-06-30     06:15:00pm - 10:00:00pm    
Location : Hotel Shree Kasturi , Butwal Organized By : JCI Butwal


कार्यक्रम ः पूर्व परिचयात्मक तालिम  (Pre-Induction Training)
क्षेत्र ः सामुदायिक
संयोजक ः जेसी सुरेश ज्ञवाली
स्थान ः होटल कस्तुरी, बुटवल
मिति ः २०७५ आषाढ १६ गते शनिवार तदनुसार 30th June, 2018

सहभागी ः २५ जना
    १० जना जेसी, १५ जना ननजेसी  
उद्देश्यः
बुटवल जेसीजको विधान अनुसार सदस्य संख्या पु¥याउनका लागि नयाँ इच्छुक व्यक्तित्वहरुलाई जेसीजका बारेमा बुझाउनु ।
कार्यक्रमको संक्षिप्त विवरणः
बुटवल जेसीज–२०१८ ले पूर्व परिचयात्मक कार्यक्रम ९एचभ(क्ष्लमगअतष्यल त्चबष्लष्लन० सम्पन्न गरेको छ । २०७५ अषाढ १६ गते शनिवार घण्तज व्गलभ, द्दण्ज्ञड का दिन अध्यक्ष जेसी यमप्रसाद तिवारीको अध्यक्षता तथा महासचिव जेसी चन्द्रमणी भुसालको सञ्चालनमा बुटवल जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा बुटवल जेसीज–२०१८ का वरिष्ठ सल्लाहकार सिनेटर अनुपमान सँैजुज्यूको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पूर्व अध्यक्ष सिनेटर प्रदिप कुमार उदयज्यूको विशिष्ट आतिथ्यता, बुटवल जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सिनेटर दिनेश श्रेष्ठज्यूको आतिथ्यतामा बुटवल जेसीजका युवा पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा बुटवल जेसीज–२०१८ का सल्लाहकार सिनेटर राजु पौडेलज्यूको प्रमुख प्रशिक्षकत्वमा होटल कस्तुरी बुटवलमा पूर्व परिचयात्मक तालिम (Pre-Induction Training) सम्पन्न भएको हो । 

उक्त तालिममा अन्तर्राष्ट्रिय जेसीजका बारेमा प्रमुख अतिथि सिनेटर अनुपमान सैँजुले नयाँ इच्छुक सहभागीहरुलाई सरल भाषामा स्पष्ट पार्नुभएको थियो भने नेपाल जेसीज तथा व्यक्तित्व विकासका बारेमा विशिष्ट अतिथि सिनेटर प्रदिप कुमार उदयले प्रष्ट पार्नुभएको थियो । सोही अवसरमा सिनेटर दिनेश श्रेष्ठले आफ्ना जेसीजमय अनुभव सुनाउँदै तालिमको शोभा बढाउनुभएको थियो । उक्त तालिमका प्रमुख व्यक्तित्व प्रमुख प्रशिक्षक सिनेटर राजु पौडेलले इच्छुक सहभागीहरुलाई बुटवल जेसीज, नेपाल जेसीज तथा जेसीआइका बारेमा अझ प्रष्ट पार्दै श्रव्य तथा दृश्य माध्यमबाट तालिम सञ्चालन गर्नुभएको थियो । तालिममा नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले जिवन उपयाोगी सीपका बारेमामा प्रशिक्षण दिनु भएको थियो ।

बेलुका ६ः१५ बजेदेखि शुरु भएको उक्त तालिम राती १०ः०० बजेसम्म करिब ४ घण्टा चलेको थियो । बुटवल जेसीज विधान अनुसार पूर्व परिचयात्मक तालिम जुन महिनाको अन्त्यसम्म गरिसक्नुपर्ने रहेकाले उक्त तालिम जुन महिनाको अन्त्यमा गरिएको कुरा अध्यक्ष जेसी यम प्रसाद तिवारीले बोल्नुभएको थियो । बुटवल जेसीज वर्ष २०१८ मा ८ जना नयाँ सदस्यका लागि आवेदन खुलाइएकोमा झण्डै दोब्बर १५ जनाको उपस्थितिका बीच उक्त तालिम सम्पन्न भएको थियो । अन्त्यमा सहभागी मध्येबाट बुटवल जेसीजलाई चाहिने ८ जनाको नामावली छिट्टै प्रकाशन गरिने कुरालाई विश्वस्त पार्दै अध्यक्ष जेसी यम प्रसाद तिवारीले करिब १०ः१५ बजे तालिम समापन भएको घोषणा गर्नुभएको थियो ।



JCI Events Archive