Friendly Futsal Game
2019-08-05 / 2019-08-05     07:00:00am - 09:30:00am    
Location : Futsal Ground B P Path, Siddharthanagar-8 Organized By : JCI Siddhartha


"बन्धुत्वको भावना राष्ट्रहरुको प्रभु सत्ता देखि सर्बोपरी छ" भन्ने जेसीज आस्था लाई आत्मसात् गर्दै जेसीज सप्ताह-२०१९ को दोस्रो दिन मैत्रीपूर्ण फूटसल कार्यक्रमको आयोजना बि पी पथ स्थित फूटसल ग्राउण्डमा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को सह अध्यक्षतामा , जेसीआई सिद्धार्थ, नेपाल वर्ष १९९२ को अध्यक्ष जेसी डा शम्भु कुमार गुप्ताज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस संस्थाका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका निबर्तमान अध्यक्ष जेसी बिन्दु काफ्ले उपाध्यायज्यु ,लुम्बिनी प्रेस क्लबका अध्यक्ष श्रीमान् दिपेश पछाई ज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को उपस्थितमा भएको थियो ।
कार्यक्रममा यस संस्था तथा जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्षज्यु हरु, बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरुको ऊपस्तिथि रहेको थियो ।
यो जेसीज सप्ताह - २०१९ United Nations को Sustainable Development अन्तर्गत रही आजको दोस्रो दिनको कार्यक्रम Good Health And Well-Being अन्तर्गत मैत्रीपूर्ण फूटसल कार्यक्रम गरिएको थियो र सो कार्यक्रममा लुम्बिनी प्रेस क्लबका पत्रकार साथीहरु संग भएको थियो । सो मैत्रीपूर्ण फूटसल कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल बिजयी हुनु भएको थियो ।
सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ, नेपालका सचिब जेसी लोकमणि भट्टराईज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी कृतेश कुमार श्रेष्ठज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ, नेपालका कोषाध्यक्ष जेसी रिषीराम पाण्डेय ज्यु ले गर्नु भएको थियो ।


JCI Events Archive