Oratory Contest
2019-08-07 / 2019-08-07     11:30:00am - 03:30:00pm    
Location : Kashi Noble Academy, Siddharthanagar-7 Organized By : JCI Siddhartha


"युवाहरु देशका मेरुदण्ड हुन्" भन्ने मूल मन्त्रका साथ आज जेसीज सप्ताह- २०१९ को चौथो दिनको कार्यक्रम नगर स्तरिय माध्यमिक तह " वक्तृत्वकला प्रतियोगिता " सिद्धार्थनगर-७ स्तिथ काशी नोबल ऐकडेमीमा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को सह अध्यक्षतामा जेसीआई सिद्धार्थ, नेपाल वर्ष २००६ को अध्यक्ष जेसी ओम कुमार श्रेष्ठज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस संस्थाका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु ,काशी नोबल ऐकडेमीका प्रधानाध्यापक श्रीमान् राजेन्द्र घिमिरे ज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख निर्णायकको भूमिकामा भैरहवा बहुमुखी क्याम्पसका उपप्रध्यापक डा दामोदर ढकाल सर हुनुन्थ्यो भने सहायक निर्णायकमा पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक शैलेश गुरुङ सर तथा साहित्यकार देवी प्रसाद न्यौपाने हुनुन्थ्यो।
वक्तृत्वकला प्रतियोगिताको शीर्षक "मानवताको सेवानै जीवनको सर्बोत्तम कार्य हो" भन्ने बिषयमा भएको थियो। सो प्रतियोगितामा भैरहवा उच्च मा बि का छात्रा प्रशंसा भण्डारी प्रथम, काशी नोबल ऐकडेमीका छात्रा श्रेया शर्मा द्धितीय, मुन लाईट उच्च मा बि का छात्रा श्रेया गैरे तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए।
यो जेसीज सप्ताह - २०१९ United Nations को Sustainable Development अन्तर्गत रही आजको चौथो दिनको कार्यक्रम Quality Education अन्तर्गत वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको थियो।
सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ, नेपालका महासचिब जेसी पंकज उदासज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी दीपक काफ्लेज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ, नेपालका उपाध्यक्ष जेसी माधव शर्माज्यु ले गर्नु भएको थियो ।


JCI Events Archive