Closing & Prize Distribution Ceremony
2019-08-10 / 2019-08-10     08:00:00am - 10:30:00am     Host Chapter: Siddhartha

Location : Peace Night Party Palace, Ravipath, Siddharthanagar-8 Organized By : JCI


जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालको संयुक्त आयोजनामा श्रावण १९ गते देखी २५ गते सम्म जेसीज सप्ताह -२०१९ को सातौं दिनको कार्यक्रम अन्तर्गत "पुरस्कार वितरण एवम् समापन कार्यक्रम" रवि पथ स्थित पिस नाइट पार्टी प्यालेसमा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को सह अध्यक्षतामा जेसीआई सिद्धार्थ, नेपाल वर्ष २००१ को अध्यक्ष जेसी हेमन्त अग्रवालज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
यस संस्थाका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका निबर्तमान अध्यक्ष जेसी बिन्दु काफ्ले उपाध्यायज्यु ,तिलोतामा जेसीजका अध्यक्ष जेसी जय प्रकाश भट्टराई ज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा यस संस्था तथा जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्षज्यु हरु, बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरू, छिमेकी शाखाका अध्यक्षज्यु हरु, बिभिन्न संघ संस्थाका पदाधिकारीज्यु हरु, पत्रकारज्यु हरुको बाक्लो ऊपस्तिथि रहेको थियो ।
पहिलो दिनमा भएको रक्तदान कार्यक्रमका रक्तदाताज्यु हरु लाई प्रमाणपत्र , दोस्रो दिनमा भएको मैत्रीपूर्ण फुटसल कार्यक्रमका बिजेता तथा उपविजेता खेलाडीहरुलाई मेडल, कप तथा प्रमाणपत्र एवम् चौथो दिनमा भएको वक्तृत्वकला प्रतियोगिताका प्रथम , द्धितीय र तृतिय स्थान प्राप्त गर्ने छात्राहरुलाई मायाको चिनो, प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरियो ।
यो जेसीज सप्ताह - २०१९ United Nations को Sustainable Development अन्तर्गत रही आजको सातौं दिनको कार्यक्रम Sustainable Development Goals अन्तर्गत पुरस्कार वितरण एवम् समापन कार्यक्रम गरिएको थियो।
सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ, नेपालका सोशल मोबिलाईजर जेसी दीपक सापकोटज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी गौरव कोइरालाज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ, नेपालका कार्यकारिणी उपाध्यक्ष जेसी दीपक काफ्लेज्यु ले गर्नु भएको थियो ।
येसरी सात दिन सम्म सामुदायिक क्षेत्रमा कार्यक्रमहरु गरेर जेसीज सप्ताह-२०१९ को समापन गरियो ।


JCI Events Archive