Emerging and Current Challenges in Cyber Crime
2019-08-21 / 2019-08-21     11:00:00am - 03:30:00pm    
Location : Hotel Pauwa Organized By : JCI Siddhartha


आज मिति २०७६ साल भाद्र ०४ गते बुधबारको दिन जेसीआई सिद्धार्थ, नेपालले " साइबर अपराधका समसामयिक चुनौतिहरु "
कार्यक्रम सिद्धार्थनगर स्तिथ होटल पौव्वामा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, रुपन्देही जिल्ला अदालतका माननीय न्यायाधीश श्री रमेशराज पोख्रेलज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
                                    सो कार्यक्रममा जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
                    कार्यक्रममा यस संस्था तथा जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्षज्यु हरु, बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरू, पत्रकारज्यु हरु, शिक्षक , शिक्षिकाहरु ,यस नगरमा अवास्तिथ १०+२ का बिद्यार्थी भाई , बहिनीहरु करीब २०० भन्दा बढीको बाक्लो ऊपस्तिथि रहेको थियो ।
                          सो कार्यक्रममा प्रशिक्षकको रूपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीमान् केशव राज ज्ञवालीज्यु , रुपन्देही क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीमान पार्थिवेंद्र उपाध्यायज्यु र यस संस्थाका उपाध्यक्ष जेसी ई गौरब कोइरालाज्यु हुनु हुन्थियो । उपस्तिथ सम्पूर्ण बिद्यार्थी भाई , बहिनीहरुलाई साइबर अपराध बिषय बारे जानकारी गराउनु भएको थियो ।
                                        यो कार्यक्रम United Nations को Sustainable Development अन्तर्गत रही आजको कार्यक्रम PARTNERSHIP FOR THE GOALS अन्तर्गत गरिएको थियो।
                  सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ, नेपालका महासचिब जेसी पंकज उदासज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी दीपक सापकोटाज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ, नेपालका कार्यकारिणी उपाध्यक्ष जेसी दीपक काफ्लेज्यु ले गर्नु भएको थियो ।

JCI Events Archive