बुटवल जेसीजको निःशुल्क स्वास्थ्य शिविर
2018-09-01 / 2018-09-01     09:00:00am - 05:00:00pm    
Location : Motipur 17 Butwal Organized By : JCI Butwal


निःशुल्क स्वास्थ्य शिविर
कार्यक्रम ः निःशूल्क स्वास्थ्य शिवर
क्षेत्र ः सामुदायिक
मिति ः २०७५ भाद्र १६ गते 1st Sept. 2018
स्थान ः मोतिपुर उ.मा.वि., बुटवल उ.म.न.पा.१७, मोतिपुर
लक्षित क्षेत्र ः बुटवल उ.म.न.पा.१७, १८ र १९ का बासिन्दा
आयोजक ः बुटवल जेसीज, बुटवल र महिला जेसीज
सहभागी ः पुरुष – २४० जना
    महिला – ३२५ जना
    जम्मा – ५६५ जना
उद्देश्यः
बुटवल जेसीजको स्थापना दिवसको अवसरमा बुटवल जेसीजले मातृत्व प्रदा नगरेको बुटवल महिला जेसीजसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं.१७, १८ र १९ का स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविर मार्फत (रक्तचाप, मधुमेह तथा आँखा जाँच) गरी स्थापना दिवस मनाउने ।
कार्यक्रमको संक्षिप्त विवरणः
बुटवल महिला जेसीज वर्ष २०१८ र बुटवल महिला जेसीज वर्ष २०१८ को संयुक्त आयोजनामा यही भाद्र १६ गते तदनुसार 1st Sept. 2018 अर्थात बुटवल जेसीजको स्थापना दिवसका दिन “निःशुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं.१७ मोतिपुर स्थित मोतिपुर उच्च मा.वि.मा बिहान ९ः०० बजेदेखि बुटवल जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारी ज्यू तथा बुटवल महिला जेसीजका अध्यक्ष जेसी राधिका पोखरेल ज्यूको संयुक्त अध्यक्षता रहेको उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य प्रमुख अतिथि रहनुभएको थियो । निःशुलक स्वास्थ्य शिविरको शुरुको औपचारिक कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी चन्द्रमणी भसालले गर्नुभएको थियो । सामूहिक राष्ट्रिय गानसँगै शुरु भएको कार्यक्रममा बुटवल महिला जेसीजको जेसी धनु श्रेष्ठले जेसीज आस्था पाठ गर्नुभएको थियो ।

बुटवल जेसीजको स्थापना दिवसको अवसरमा राखिएको कार्यक्रम रहेकोले उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुमादेवी आचार्य ज्यूले केक काटेर गर्नुभएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीज्यूले स्वागत तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । तिलोत्तमा आई केयर बुटवलको आँखा रोग विशेषज्ञ डा. रोजी कार्की तथा तिलोत्तमा आई केयर यूनिटले उक्त दिनको निःशुल्क स्वास्थ्य शिविरमा आँखा जाँचका लागि प्रमुख भूमिका खेलेको थियो ।

उक्त दिनको शिविरमा आँखा जाँचका दौरानमा आँखाको कुनै पनि शल्यक्रिया गर्नुपर्ने बिरामी रहेमा त्यस्ता बिरामीलाई तिलोत्तमा आई केयर बुटवलले ५०% छुटमा शल्यक्रिया गरिदिने कुराको जानकारी डा. रोजी कार्कीले आफ्ना मन्तव्यका क्रममा बोल्नुभएको थियो । प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उक्त कार्यक्रममा बोल्दै बुटवल जेसीजले बुटवल नगरभित्र गरेका पुराना कार्यक्रमको स्मरण गराउँदै मुक्तकण्ठले प्रसंसा समेत गर्नुभएको थियो । बुटवल जेसीजले समाजमा देखाएको उत्तरदायित्वप्रति अन्य संघ संस्थाले पनि सिक्न जरुरी रहेको रहेको बताउनुभएको थियो ।

 प्रमुख अतिथिको मन्तव्यसँगै औपचारिक कार्यक्रमको समापन गर्दै दोस्रो चरणको कार्यक्रम निःशुल्क स्वास्थ्य शिवरमा सहभागी हुन सम्पूर्ण उपस्थित महानुभावहरुलाई बुटवल जेसीज महासचिव जेसी चन्द्रमणी भुसालले आग्रह गरेपश्चात् स्वास्थ्य शिविर कार्यक्रम शुरु भएको थियो । उक्त दिनको निःशुल्क स्वास्थ्य शिविरमा करिब ५५० जनाले रक्तचाप, मधुमेह तथा आँखा परीक्षण निःशुल्क गर्नुभएको थियो । बिहान करिब ९ः३० बजेदेखि शुरु भएको स्वास्थ्य परीक्षण बेलुका ४ः३० बजेसम्म करिब ७ घण्टासम्म चलेको थियो । स्वास्थ्य परीक्षणका क्रममा बच्चादेखि ९४ वाषर््सम्मकमा वृद्धवृद्धाहरुको सहभागिता रहेको थियो । स्वास्थ्य परीक्षण कार्यक्रम पश्चात बेलुका करिब ४ः४५ बजे उक्त दिनको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम समापन भएको थियो ।


JCI Events Archive