बुटवल जेसीजको प्रस्तुति जेसीज आवाज भाग १ मा नेपाल जेसीजका स‌ंस्थापक अध्यक्ष भेग बहादुर थापाले यसो भन्नु भएको थियो
2018-01-28 / 2018-01-28     07:30:00am - 08:00:00am    
Location : Butwal Organized By : JCI Butwal


पृष्ठभुमी
सन् १९७४ मा बुटवल नगरीमा स्थापना भएको बुटवल जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी जेसीजले व्यक्तिगत, व्यवसायिक, सामुदायीक र अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुलाइ नेतृत्वदायी भूमिकामा सक्रिय बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु केन्द्रित गर्ने गर्दछ ।
बुटवल नगरीकै पुरानो संस्था बुटवल जेसीजले लामो यात्रा पार गरिसकेको छ । वर्ष २०१८ मा आई पुग्दा बुटवल जेसीजले आफ्ना गतिविधीहरुमा नयाँ आयाम थपेको छ । नेतृत्वको सक्रियता र नयाँ सोचको कारण अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु सम्पन्न भई सकेका छन् भने बुटवल आसपासका क्षेत्रमा जेसीज प्रतिको आकषर्ण थप बढेर गएको छ ।
बुटवल जेसीज वर्ष–२०१८ को नेतृत्वले यो वर्ष अघि सारेको DREAM PROJECT मध्यको एक हो रेडियो कार्यक्रम जेसीज आवाज ।

https://www.youtube.com/watch?v=gkYHYzrZGLE


यो कार्यक्रमले सम्वन्धित निकायलाई विधिको शासनलाई आत्मसाच गरेर कार्य सम्पादन गर्न सचेत गराएको छ भने जेसीज गतिविधलाई आम जनता समक्ष पुरायको छ ।
जेसीज आवाजको कारण सर्वसाधरणले अन्य संस्था भन्दा जेसीज फरक रहेको बुझ्न सफल भएका छन् । बुटवल जेसीज क्लव नभएर यो अनौपचारिक तालिम विश्व विद्यालय रहेको सन्देश जेसीज आवाजले प्रवाह गरेको छ । 


जेसीजले राम्रा राम्रा कार्यक्रम गरे पनि त्यसलाई मिडिया मार्फत समाजमा लैजान नसकि रहेको अवस्थामा बुटवल जेसीजकै इतिहासमा पहिलो पटक वर्ष २०१८ को नेतृत्वको परिकल्पनामा सुरुभएको यो कार्यक्रम बुटवल एफ एम ९४.४ मेघाहर्ज बाट प्रत्येक आईतबार विहान ७ ः ३० बजे प्रसारण हुदै आएको छ ।
जेसीज आवाजले ६ महिना समेटेका क्षेत्र र गतिविधीलाई समेटेर अर्धवार्षिक प्रतिवेदन पेश गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।


कार्यक्रम ः रेडिायो कार्यक्रम जेसीज आवाज
क्षेत्र ः सामुदायीक
संयोजक ः जेसी नरदेव न्यौपाने
कार्यक्रम निर्देशक÷ प्रस्तोता ः जेसी रमेश अर्याल
प्रसारण हुने संस्था ः बुटवल एफ एम ९४.४
प्रसारण हुने समय ः प्रत्येक आईतवार विहान ७ः३० बजे
श्रोता संख्या   ः १५ लाख

लक्ष्य ः विधिको शासन कायम गर्न सम्वन्धित निकायलाई सचेत गराउँदै जेसीज गतिविधी आम श्रोता समक्ष पुराउने ।
उदेश्य ः      
जेसीज अभियानलाई सशक्त बनाउने,
युवाहरुलाई जेसीज प्रति आकर्षण गर्ने,
संसदिय बैठक प्रणाली बारे जानकारी गराउने
बन्धुत्वको भावना विकास गराउने ।

कार्यविधि ः
जेसीज आवाज एक रेडियो पत्रिका भएको कारण पत्रकारिताका मान्यतालाई मध्य नजर गर्दै जेसीज गतिविधी समेटिदै आएको छ । यसको कार्यविधि विशेग गरि अन्तरावार्ता, रिपोर्ट, फिचर र समाचारका स्वरुप अनुसार तय गरिएको छ ।

पहिलो शृङखला ः
बुटवल जेसीजका वर्तमान अध्यक्ष जेसी यम प्रसाद तिवारीले ४४ औं शाखा अधिवेशन अन्तरगत ककस कार्यक्रममा जेसीज आवान सञ्चालन गर्ने घोषण गर्नु भएको कारण यो प्रतिक्षाको विषय थियो । अन्तत २०७४ साल माघ १४ गते विहान जेसीज आवाज प्रसारणमा आयो । उक्त कार्यक्रममा ४४ औं पदस्थापन सम्वन्धि समाचार, बुटवल जेसीजको स्थापना कसरि भएको थियो त भन्ने सन्दर्भमा संस्थापक सदस्य ईरा देवि थैवसंगको कुराकानी आधारित रेडियो रिर्पोट र बुटवल जेसीज सन् २०१७ का अध्यक्ष सिनेटर राजेन्द्र घिमिरेसंगको विदाई अन्तरवार्ता प्रस्तुत गरिएको थियो भने नेपाल जेसीजका संस्थापक अध्यक्ष सिनेटर भेग बहादुर थापा, नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेट प्रकाश अधिकारी र बर्तमान अध्यक्ष सिनेटर श्रीधर वस्यालको शुभकामना सन्देश समेटियको थियो ।

JCI Events Archive