बुटवल जेसीजको स्थापना दिवस
2019-09-01 / 2019-09-01     07:00:00pm - 07:30:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                                    निरुपित EVP & VP  ज्यू      
थापाथली, काठमाडौ                                           थापाथली, काठमाडौ

                       
                 
कार्यक्रम : ४५ औं स्थापना दिवस
क्षेत्र : ब्यक्तिगत
संयोजक :सचिवालय
स्थान :बुटवल जेसीजको तालिम हल
मिति  :       २०७६ भदौ १५   कभउत। ज्ञ, द्दण्ज्ञढ

उद्देश्यः बुटवल जेसीजको इतिहासलाई स्मरण गर्दै स्थापना दिवस मनाउने

कार्यविधि : औपचारिक कार्यक्रम


मुख्य भाग :
बुटवल जेसीजले आफ्नो स्थापना दिवस मनाएको छ । सन १९७४ सेप्टेम्वर १ मा स्थापना भएको बुटवल जेसीजले सचिवालयमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । नयाँ पुस्तालाई इतिहासबारे बताउने र अग्रजहरुलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको हो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता तथा महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डे, सिनेटर दिनेश श्रेष्ठ, सिनेटर राजेन्द्र घिमिरेले बोल्दै ४५ वर्ष पार गरेको बुटवल जेसीज अविस्मरणिय इतिहास बोकेको संस्था भएको बताउँदै बुटवल जेसीजको स्थापना गर्नु हुने अग्रजहरुलाई सम्मान प्रकट गर्नु भएको थियो । केक काटेर स्थापना दिवसको अवसरमा खुसियाली साटासाट गरिएको थियो । उक्त कार्यक्रममा बुटवल जेसीजका सदस्य जेसी विष्णु पुरीले जेसीज आस्था वाचन गर्नु भएको थियो ।

JCI Events Archive