विधिको शासनकोलागि बुटवल जेसीजले आयोजना गरेको गाइजात्रा प्रहसन कार्यक्रम प्रतिवेदन
2019-08-21 / 2019-08-21     06:00:00pm - 09:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                                                निरुपित Evp & Vp ज्यू
नेपाल जेसीज                                                               नेपाल जेसीज
थापाथली, काठमाडौ                                                    थापाथली, काठमाडौ

                 
कार्यक्रम :  प्रदेश प्रदेशमा गाइजात्रा
क्षेत्र :    सामुदायिक

संयोजक : जेसी नरदेव न्यौपाने
स्थान :       होटल पौवा
मिति         : २०७६ भदौ ४   ब्गन। द्दज्ञ, द्दण्ज्ञढ
सहभागी        :   ४०० जना पुरष, ३५० जना महिला

उद्देश्यः  भ्रष्टाचार, अनियमितता बिरुद्ध ब्यङग्यात्मक शैलीमा प्रस्तुत गरी जवाफदेहिता कायम गराउने

कार्यविधि : औपचारिक कार्यक्रम
मुख्य भाग :
      सन् १९७४ मा बुटवल नगरीमा स्थापित बुटवल जेसीज १८ देखि ४० वर्ष उमेर समुहका युवाहरु आवद्ध भएको संस्था हो । जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । साथै सामुदायिक तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि जेसीजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 


      यसै सन्दर्भमा नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व गाईजात्राको अवसरमा द्यच्ब्ल्म् ध्इच्त्ज् काठमाडौले पहिलो पटक आयोजना गरेको प्रद्रेश प्रदेशमा गाईजात्रा २०७६ को प्रदेश ५ को आयोजकको रुपमा बुटवल जेसीजले यस क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरेको हो ।


      भ्रष्टाचार, अनियमितता बिरुद्ध ब्यङग्यात्मक शैलीमा प्रस्तुत गरी जवाफदेहिता कायम गराउने प्रमुख लक्ष्यका साथ गाईजात्रा कार्यक्रम गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बताउनु भयो । र्न लागिएको हो । उहाँले यो कार्यक्रमले प्रदेश तहमा सुशासन तथा सामाजिक जवाफदेहिता कायम गराउनकालागि मार्गदर्शन गर्छ भन्ने हामीले अपेक्षा गरेको बताउनु भयो । कार्यक्रममा प्रदेश नं. ५ मन्त्रीहरु, उच्च पदस्थ ओहोदामा रहेका व्यक्तिहरु, सामाजिक संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।


    बुटवल योगिकुटीमा रहेको होटल पौवामा भदौ ४ गते साँझ ६ बजे देखि गाइजात्रा प्रहसन सुरु भएको थियो ।     कार्यक्रममा ख्यातीप्राप्त हास्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुलाको साग), रबि             डंगोल, शिवशंकर रिजाल (जोगिन्दर), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम (एकदम सँले), सन्ध्या बुढा (काउली      बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती दिएका थिए ।    कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद     केसीले सुशासन कायम गराउन ब्यङग्य महत्वपुर्ण हुने बताउँदै कार्यक्रमको आयोजना गरेकोमा बुटवल जेसीजलाई धन्यावाद प्रकट गर्नु भएको थियो ।बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव राजिव खनालले गर्नु भएको थियो भने आस्था वाचन जेसी अर्जुन ज्ञवालीले गर्नु भएको थियो ।

JCI Events Archive