बुटवल जेसीजले पुर्व अध्यक्षको सम्मानको लागि आयोजना गर्यो अगष्ट बल कार्यक्रम
2019-08-27 / 2019-08-27     07:00:00pm - 10:59:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                                                           निरुपित EVP & VPज्यू
नेपाल जेसीज                                                                            नेपाल जेसीज
थापाथली, काठमाडौ                                                                थापाथली, काठमाडौ


कार्यक्रम :  August Ball Programe

क्षेत्र  :    ब्यक्तिगत
संयोजक :  जेसी मोहन न्यौपाने
स्थान :  होटल पौवा
मिति         :  २०७६ भदौ १०   Aug 27, 2019
सहभागी        :    ६० जना

उद्देश्यः पुर्व अध्यक्षज्यूहरुलाई सम्मान गर्ने
कार्यविधि :    औपचारिक कार्यक्रम
मुख्य भाग :
      बुटवल जेसीजले अगष्ट बल कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम बुटवल जेसीजका पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम हो । कार्यक्रमको सुरुवात सन् १९९४ मा जेसी मथुरा पियाले सुरवात गर्नु भएको थियो । अग्रजहरुले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिदै यो वर्ष पनि अगष्ट बल कार्र्यक्रम आयोजना गरिएको हो ।
विभिन्न समयमा बुटवल जेसीजको नेतृत्व गर्नु भएका पुर्व अध्यक्षहरुलाई एकै ठाउँमा भेला गरि नयाँ पुस्ताका जेसीज सदस्य विच परिचय गर्ने तथा बन्धुत्वको भावनालाई थप बलियो गराउने गरि कार्यक्रमको आयोजना गरिएको हो । हरेक कार्यक्रमलाई नयाँ तरिकाले सञ्चालन गदै आउनु भएका बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले यो कार्यक्रमलाई रचनात्मक रुपमा प्रस्तुत गर्नु भएको छ । 


उहाँकै सोच अनुसार बुटवल जेसीजका पुर्व अध्यक्षहरुलाई परिचय पत्र सहित सम्मान गरिएको हो । गलामा माला पहिराउँदै मायाको चिनो समेत उहाँहरुलाई प्रदान गरिएको हो ।
कार्यक्रममा बुटवल जेसीजका पुर्व सिनेटर अध्यक्षहरु टंक प्रसाद पोख्रेल, सिनेटर निम्रल प्रसाद लाकौल, सिनेटर विन्ध्याकेशर जोशी तथा वर्ष २०१९ का प्रमुख सल्लाहकार सिनेटर अनुपमान सैंजु लगाएतले बोल्दै जेसीज अभियान बारे आफ्नो अनुभव बाड्नु भएको थियो भने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले वर्ष २०१९ले रचनात्मक कार्यक्रम गरेको बताउँदै प्रसंशा गर्नु भएको थियो । 


सोही अवसरमा हाल सम्म कार्र्यक्रम संयोजक लिएका जेसीज सदस्य तथा पदाधिकारीलाई वर्ष २०१९ लाई सफल बनाउन महत्वपुर्ण भूमिका खेलेकोले अध्यक्षज्यूले प्रशंसा पत्र प्रदान गनु भएको थियो ।


बुटवल जेसजिका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, महासचिव जेसी राजिव गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जेसी रमेश अर्यालले आस्था स्वागत र जेसी अमर खत्रीले आस्था वाचन गर्नुृ भएको थियो ।

JCI Events Archive