Educational Material Distribution Program
2019-09-15 / 2019-09-15     09:00:00am - 11:30:00am    
Location : Bhairahawa Baal Mandir , Siddharthanagar-5 Organized By : JCI Siddhartha


" सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार " भन्ने मूल नारालाई अंगीकार गर्दै आज मिति २०७६ साल भाद्र २९ गते आईतबारको दिन जेसीआई सिद्धार्थ, नेपालले राष्ट्रिय बाल दिवसको अवसरमा भैरहवा बाल मन्दिर तथा बुटवल बाल मन्दिरमा अध्यनरत स-साना बाल बालिकालाई "शैक्षिक सामग्री वितरण " कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख श्रीमान् माहादेव पन्थज्यु को प्रमुख आतिथ्यतामा सिद्धार्थनगर स्तिथ भैरहवा बाल मन्दिरमा नेपाल बाल संगठन, जिल्ला कार्यसमिति रुपन्देहीको सहजकर्ता तथा यस संस्थाका सूचना तथा संचार संयोजक जेसी कुशल कुमार उपाध्यायज्यु को कार्यक्रम संयोजकत्वमा कार्यक्रम सम्पन्न भयो।
यस संस्थाका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु , जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु , यस संस्थाका पूर्व अध्यक्षज्यु हरु, बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरू, बिभिन्न संघ संस्थाका पदाधिकारीज्यु हरु, पत्रकारज्यु हरु बाल मन्दिरमा अध्यनरत स-साना बाल बालिकाका अभिभवाकज्यु हरुको बाक्लो ऊपस्तिथि रहेको थियो । सो कार्यक्रममा सिद्धार्थनगर स्तिथ भैरहवा बाल मन्दिरका ३८ जाना तथा बुटवल बाल मन्दिरका २२ जाना स-साना बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
यो कार्यक्रम United Nations को Sustainable Development अन्तर्गत रही आजको कार्यक्रम QUALITY EDUCATION अन्तर्गत गरिएको थियो।


JCI Events Archive