पनौती जेसीजको प्रभावशाली नेतृत्व विकास एवं शिक्षण रणनीति विषयमा प्रशिक्षण कार्यक्रम
2019-09-19 / 2019-09-19     10:00:00am - 05:00:00pm     Host Chapter: Panauti

Location : Panauti Organized By : JCI


पनौती जेसीजले शिक्षकहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि गर्नका लागि एक दिने प्रभावशाली नेतृत्व विकास एवं शिक्षण रणनीति प्रशिक्षण नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । जापानबाट Instructional Design and Technology मा विद्यावारिधि गर्नुभएका डा. जिवक राज बज्राचार्य र जापानबाट Educational Development मा विद्यावारिधि गर्नु भएका डा. डिनु बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो ।

पनौती जेसीजले संचालन गरेको उक्त प्रशिक्षणमा पनौतीका विभिन्न निजी तथा सरकारी विद्यालय बाट ४६ जना शिक्षकहरुको सहभागीता रहेको थिए ।

पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामाको सभाप्तित्वमा सम्पन्न सो कार्यक्रममा पनौती जेसीजका पुर्व अध्यक्ष एवं एमनेस्टी ईन्टरनेस्नल ७२ का संयोजक राजेश श्रेष्ठ, पनौती जेसीजका पुर्व अध्यक्ष एवं लायन्स क्लब अफ पनौतीका अध्यक्ष राजाराम कर्माचार्य, लायन क्लब अफ KTM ईन्द्रेस्वरका अध्यक्ष राम कुमार बस्नेत, पनौती जेसीजका पुर्व अध्यक्षहरु प्रयाग केसी, विजय अधिकारी तथा शिक्षकहरुको उपस्थिति रहको थियो ।


JCI Events Archive