35th Installation
2020-01-04 / 2020-01-04     11:30:00am - 06:50:00pm    
Location : Hotel Mala Inn Organized By : JCI Tribhuwannagar


कार्यक्रमको नाम :  ३५ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण

कार्यक्रम सञ्चालन भएको मिति : २०७६ पौष १९ गते 

कार्यक्रमको सञ्चालन भएको स्थान  : होटल माला इन, घोराही, दाङ

उद्देश्य : सभ्य र भव्य वर्ष २०१९ का पदाधिकारीहरुले बर्ष २०२० का पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्ने ।

कार्यक्रममा सहभागी संख्या : २०० बढी

त्रिभुवननगर जेसीज को ३५ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह बर्ष २०१९ का अध्यक्ष जेसी वसन्तराज अधिकारीको अध्यक्षता एवं माननीय संघीय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल एवं नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवात राष्ट्रिय गान भएको थियो भने तत् पश्चात जेसीज मिसन तथा भिजन जेसी बुद्धि प्रकाश शर्माले गर्नुभएको थियो । जेसी नारायण आचार्यले आस्थापाठ अगुवाई गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी टंक बहादुर रावतले गर्नुभएको थियो ।
  कार्यक्रम उद्घाटन प्रमुख अतिथि माननीय अनिता देवकोटाले पानसमा दीप प्रज्ज्वलन तथा जेसीजका संस्थापकलाई माल्यार्पण गरी गर्नुभएको थियो । कार्यक्रममा मूल्याङ्कन तथा सुपरीवेक्षण निर्देशक जेसी दीपक शर्माले जेसीआई त्रिभुवननगरका पदाधिकारी तथा सदस्यहरुलाई शाखा पुरस्कार वितरण गर्नुका साथै गत बर्ष स्वर्गारोहण हुनुभएका स्वर्गीय जेसी नारायण देवकोटा र रोहित आचार्यलाई मरणोपरान्त सम्मान प्रदान गर्नुभएको थियो जुन पुरस्कार ग्रहण गर्न स्वर्गीय देवकोटा तथा आचार्यका माता÷पिता तथा जीवन संगीनी आउनुभएको थियो । 

बर्ष २०१९का शाखा पुरस्कार प्राप्त गर्ने जेसी सदस्यहरु

१) उत्कृष्ट जेसीज पुरस्कार – जेसी श्याम कुमार गिरी

२) उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार – जेसी रोशन दाहाल

३) सर्वाधिक संलग्नता पुरस्कार – जेसी जुद्ध बहादुर घर्ती मगर

४) उत्कृष्ट प्रोजेक्ट पुरस्कार – जेसी माधव के.सी.

५) उत्कृट बर्ष प्रस्तुती पुरस्कार– जेसी विमल खड्का

  कार्यक्रममा वर्ष २०१९का अध्यक्षले सम्पूर्ण सहयोगी, पूर्व अध्यक्ष एवं बोर्डका साथीहरु, अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने पद्मोदय पब्लिक नमूना मा.वि.का विद्यार्थीहरुले दुई वटा सांगीतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
  त्यसैगरी वर्ष २०२० का निर्वाचन अधिकृत जेसी सञ्जीव श्रेष्ठले वर्ष २०२०का लागि निर्वाचित पदहरु निर्वाचित प्रमाणपत्र गरी नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराउनु भएको थियो त्यसैगरी बर्ष २०२० का अध्यक्ष जेसी माधव प्रसाद पौडेलले पनि आफ्ना मनोनित पदहरुमा विभिन्न पदाधिकारी एवं सदस्यहरु मनोनयन गरी सपथ ग्रहण गराउनुभएको थियो ।

बर्ष २०२०का निर्वाचित पदाधिकारीहरु

अध्यक्ष   – जेसी माधव प्रसाद पौडेल

कार्यकारिणी उपाध्यक्ष – जेसी टंक बहादुर रावत (अनन्त)
                                        – जेसी यज्ञ बहादुर खड्का (कैलाश)

उपाध्यक्ष – जेसी विमल खड्का
                – जेसी जुद्ध बहादुर घर्ती (जगत)
                – जेसी नविन अभिलाषी
               – जेसी श्याम कुमार गिरी

सचिव   – जेसी भुपाल सिंह रोकाय

बर्ष २०२०का मनोनित पदाधिकारी एवं संयोजकहरु

कानुनी सल्लाहकार – जेसी रविकिरण के.सी.

जनसम्पर्क अधिकारी – जेसी बुद्धि प्रकाश शर्मा

महासचिव – जेसी मिनराज भाट

कोषाध्यक्ष – जेसी मुकेश्वर शर्मा

तालिम निर्देशक – जेसी रोशन दाहाल

शाखा सम्पादक – जेसी प्रदीप सुवेदी

सुपरीवेक्षण तथा मूल्याङ्कन निर्देशक – जेसी विमल श्रेष्ठ

जेसीजग्राम संयोजक – जेसी युवराज पन्त

पर्यटन प्रवद्र्धन तथा सूचना केन्द्र संयोजक – जेसी माधव के.सी.

प्रकरण निर्देशक – जेसी कृष्णदेव थापा

खेलकुद संयोजक – जेसी बाबुराम पाण्डेय

सदस्यता बृद्धि सभापति – जेसी दिनेश श्रेष्ठ

भगिनी शाखा संयोजक – जेसी नारायण अधिकारी

स्वास्थ्य संयोजक – जेसी चन्द्र प्रकाश आचार्य

शिक्षा तथा पुस्तकालय संयोजक – जेसी प्रकाश आचार्य
   
           त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि अनिता देवकोटा, विशिष्ट अतिथि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, पत्रका महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, दाङ महिला जेसीजकी अध्यक्ष जेसी रेखा शर्मा, तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी मेघराज घिमिरे, लमही जेसीका अध्यक्ष शिवशंकर गुप्ता, सल्यान जेसीज अध्यक्ष जेसी राजेन्द्र थापा, ट्राफिक प्रहरी निरीक्षक प्रेम रेग्मी, दाङ उवासंघका का.वा. अध्यक्ष वसन्त जोशी, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महरालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य बर्ष २०२० का शाखा अध्यक्ष जेसी माधव प्रसाद पौडेलले गर्नुभएको थियो भने सहजीकरण बर्ष २०१९ का महासचिज जेसी रोशन दाहाल र बर्ष २०२० का महासचिव जेसी मिनराज भाटले गर्नुभएको थियो ।


जेसी मिनराज भाट

महासचिव-२०२०

जेसीआई त्रिभुवननगर


JCI Events Archive