Sanitation Programme at Barakune Daha-Jyamire daha
2020-01-11 / 2020-01-11     08:00:00am - 01:00:00pm    
Location : Barakune Daha-Jyamire daha Organized By : JCI Tribhuwannagar


सरसफाई कार्यक्रम (बाह्रकुने दह–ज्यामिरे दह)
 
कार्यक्रमको नाम : सरसफाई कार्यक्रम (बाह्रकुने दह–ज्यामिरे दह)
मिति : २०७६ पौष २६ गते
स्थान : घोराही उ.म.न.पा.–१३ दाङ
अध्यक्षताः जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
प्रमुख अतिथिः सिनेटर अशोक शंकर, राष्ट्रिय अध्यक्ष–२०२०, जेसीआई नेपाल
कार्यक्रम संयोजक : जेसी दिनेश राज श्रेष्ठ
कार्यक्रम उद्देश्य : बाह्रकुने दहदेखि ज्यामिरे दहसम्मको पदमार्ग सरसफाई
लाभान्वित क्षेत्र : धार्मिक पर्यटन तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण बराहक्षेत्र
कार्यक्रमका सहभागीहरु : जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, घोराही उ.म.न.पा. वडा नं. १३ का अध्यक्ष रविलालल घर्ती मगर, बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिका अध्यक्ष रविलाल घर्ती मगर, वडा सदस्य केशव गिरी, राष्ट्रिय कृषिबाली अनुसन्धान केन्द्र (नार्क)का पूर्व वरिष्ठ वैज्ञानिक गोविन्द के.सी., ट्राफिक प्रहरी निरीक्षक प्रेम रेग्मी, घोराही उप–महानगरपालिकाका सञ्चार संयोजक निमुसंगम घर्ती, विभिन्न सञ्चार संस्थाका पत्रकारहरु, ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समितिकी सचिव रिमा खड्का, राप्ती अञ्चल बजार एशोसिएनका पदाधिकारीहरु, सामुदायिक प्रहरी कार्यालय दाङ, लोटस ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरु लगायत उल्लेख्य स्थानीयहरु ।
सहयोग :   राप्ती अञ्चल बजार प्रतिनिधि संघ, लोटस ट्रेनिङ सेन्टर, सामुदायिक प्रहरी, जिल्ला ट्राफिक प्रहरी
उपलब्धि: धार्मिक पर्यटकीय क्षेत्र बाह्रकुने दहदेखि मिनी राराका रुपमा परिचित ज्यामिरे दहसम्मको पदमार्ग करीब ३ कि.मी. भित्र यत्रतत्र छरिएको फोहर पूर्ण रुपमा सफा भई आकर्षक पर्यटक गन्तव्यमा विकसित हुनु ।


जेसी मिनराज भाट
महासचिव–२०२०
जेसीआई त्रिभुवननगर

JCI Events Archive