Multi-Chapter LOM Officers Training
2020-01-31 / 2020-01-31     03:00:00pm - 08:00:00pm    
Location : Hotel Mala Inn Organized By : JCI Tribhuwannagar


बहुशाखा पदाधिकारी तालिम
 
कार्यक्रमको नाम : बहुशाखा पदाधिकारी तालिम

मिति : २०७६ पौष १७ गते 

स्थान : होटल माला इन, घोराही, दाङ

अध्यक्षताः जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर

प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथिः सिनेटर तीर्थ पौडेल

कार्यक्रम संयोजक : जेसी टंक बहादुर रावत (अनन्त)

कार्यक्रम उद्देश्य : जेसीजका पदाधिकारीहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउँदै परिवर्तित विश्वका लागि योग्य उम्मेद्वार उत्पादन गर्नु । 

लाभान्वित : त्रिभुवननगर जेसीज, लमही जेसीज, दाङ महिला जेसीज, सल्यान जेसीजका पदाधिकारी तथा सदस्यहरु ।

कार्यक्रमका सहभागीहरु : त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष जेसी सनत कुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक सिनेटर तीर्थ पौडेल लगायत दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्षहरु लगायत त्रिभुवननगर जेसीज, लमही जेसीज, दाङ महिला जेसीज, सल्यान जेसीजका अध्यक्ष लगायत पदाधिकारीहरु ।

सहयोग : तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुबाट रजिष्ट्रेशन शुल्क प्राप्त ।

उपलब्धि : जेसीजका पदाधिकारीहरुले उनीहरुको काम, कर्तव्य र अधिकारको बारेमा, जेसीजका मिसन, भिजन, फ्रेमवर्क लगायत शाखा, जेसीआई नेपाल र जेसीआईका बारेमा जानकारी प्राप्त गर्नु ।

जेसी मिनराज भाट
महासचिव–२०२०
जेसीआई त्रिभुवननगर

JCI Events Archive