नेपालगंज जेसीजको आतिथ्यतामा बहुशाखा लोम अफिसर तालिम सम्पन्न
2020-02-22 / 2020-02-22     10:00:00am - 06:00:00pm    
Location : nepalgunj Organized By : JCI Nepalgunj


बहुशाखा लोम अफिसर तालिम (Multi-Chapter LOM officers Training )


कार्यक्रम : (Multi-Chapter LOM officers Training )

क्षेत्र :        ब्यक्तिगत

संयोजक : जेसी दिपक नाथ याेगी

सभापति ः जेसी प्रज्वल कुमार 

प्रमुख अथिति ः जेसी रमा प्याकुरेल

प्रमुख प्रशिक्षक ः जेसीअाइ सिनेटर मिलन गुरूंग

प्रशिक्षक ः जेसी सुमन कृष्ण श्रेष्ठ 

प्रशिक्षक ः जेसी अमिश ढकाल

स्थान :   हाेटल कल्पतरू, नेपालगंज

मिति :  २०७६ फागुन १० गते शनिवार 22nd Feb, 2020

सहभागी :   ६० जना

उद्देश्यः

पदाधिकारीलाई काम,कर्तब्य र अधिकारबारे जानकारी गराउने

कार्यविधि : प्रशिक्षण

कार्यक्रमको संक्षिप्त विवरण :

नेपालगंज जेसीज वर्ष २०२० को कार्यभार सम्हाले लगत्तै अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठले सामुहिक्तामा जोड दिदै बहुशाखा तालिमलाई प्राथमिकता दिनु भएको थियो । सोही अनुरुप यस क्षेत्रमा भएका छिमेकी शाखाहरु काेहलपुर जेसीज, तुल्सीपुरनगर जेसीज, त्रिभुवननगर जेसीज, दांग महिला जेसीज र लमही जेसीज संग छलफल गरी संयुक्त रुपमा बुहशाखा पदाधिकारी तालिम सम्पन्न भएको हो ।सवै शाखा अध्यक्षहरु र पदाधिकारीको कार्यक्रममा उपस्थिति रहेको थियो । 

नेपाल जेसीज क्षेत्र घ का लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेलज्यूकाे प्रमुख अाथित्यतामा कार्यक्रम सु सम्पन्न भयाे । तालिममा जेसीअाइ सिनेटर मिलन गुरूंग प्रमुख प्रशिक्षककाे रूपमा र पूर्व राष्टिय उपाध्यक्ष जेसी सुमन कृष्ण श्रेष्ठ तथा पूर्व राष्टिय कार्यकारिणि उपाध्यक्ष जेसी अमिस ढकाल ज्यूले प्रशिक्षकको रुपमा सहजिकरण गर्नु भएको थियो ।

सैद्धान्तिक र ब्यवहारीक ज्ञान प्रदान गरिएको तालिम विहान १० बजे देखि बेलुकी ६ बजे सम्म सञ्चालन भएको थियो । समापन समारोहमा लमहि जेसीज वर्ष २०२० की अध्यक्ष सपना पाण्डे पण्डितले सम्पूर्ण सहभागीहरूकाे प्रतिनिधीकाे रूपमा बाेल्दै तालिम उपलब्धि मुलक रहेको र अागामि दिनहरूमा पनि यस्ता कार्यक्रम बहुशाखा नै गर्नु पर्ने प्रतिक्रिया दिनु भएको थियो । यस्तै तालिममा सम्बोधन गर्दै नेपाल जेसीज क्षेत्र घ को लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यूले कार्यक्रम कार्यक्रमको लागि मात्र नभई प्रभावकारी पनि हुनु पर्ने र यसै गरि शाखाहरूमा सामिप्यता पनि रहिरहनु पर्ने कुरामा उपस्थित सम्पूर्ण शाखा अध्यक्ष तथा पदाधिकारीहरुलाई सुझाव दिनु भएको थियो ।


JCI Events Archive