Democracy Day Celebration
2020-02-19 / 2020-02-19     05:15:00pm - 07:15:00pm    
Location : Birtamod Organized By : JCI Birta Lady



विर्तामोड ७ फागुन । ७० औं राष्ट्रिय प्रजातन्त्रदिवसको अवसर पारेर वीरता लेडी जेसीजले संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा तथा जेसीजको झण्डा झण्डोत्तलोन गरेको छ ।

 

 

लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बासहित पूर्व अध्यक्षहरु तथा जेसीज पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा विर्तामोडस्थित अतिथि सदन उत्तरमा रहेको संस्थाको कार्यालयमा राष्ट्रिय र जेसीज झण्डा झण्डोत्तलोन गरेको वीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारीले जानकारी दिनुभयो ।

कार्यालयमा झण्डोत्तलोनपछि उनीहरुले विर्तामोडस्थित मुक्तिचोकमा आएर सामुहिक रुपमा दिप प्रज्वलन गरेका थिए ।

दिप प्रज्वलनमा जेसीजसहित अन्य विभिन्न सामाजिक संघसंस्था तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो






JCI Events Archive