Cancer health Camp
2020-03-03 / 2020-03-03     10:30:00am - 06:15:00pm     Host Chapter: Birata Lady

Location : Birtamod Organized By : JCI


रोसन भट्टराई । शान्तिनगर । वीरता लेडी जेसीजले मंगलबार आयोजना गरेकोे निःशुल्क स्वास्थ्य शिविरबाट २०० बढी महिलाहरु लाभन्वित भएका छन् ।
११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुद्धशान्ति–४ को स्वास्थ्य चौकीमा आयोजना गरिएको क्यान्सर रोगको पहिचान तथा जनचेतनामुलक स्वास्थ्य शिविर पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा गरिएको थियो ।
वीरता लेडी जेसीज अध्यक्ष सुष्मा भण्डारी पौडेलको सभापतित्व, बुद्धशान्ति वडा नं. ५ का कार्यवाहक अध्यक्ष डिल्लीरमण खतिवडाको प्रमुख आतिथ्यता, स्वास्थ्य चौकी प्रमुख भरत खतिवडाको विशिष्ट आतिथ्यता, गाइनोलोजिस्ट डा. मोनिका गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर सुवास ठाकुरको विशेष आतिथ्यतामा जेसी रेजीना पाण्डे र जेसी तिलरुपा श्रेष्ठको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

चेकअप गराउन आएका महिलाहरु मध्ये ३० देखि ३५ प्रतिशत सम्म पाठेघरको क्यान्सरबाट संक्रमित देखिएको तथा १० देखि १५ प्रतिशत सम्मका महिलाहरुलाई सर्भिकल क्यान्सरका लक्ष्यण देखिएको अध्यक्ष भण्डारीले बताएकी छिन् ।
जेसी तिलरुपा श्रेष्ठले जेसीज आस्था वाचन तथा जेसी रेजीना पाण्डेले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेको कार्र्यक्रमको संचालन महासचिव संगिता गिरीले गरेकी थिइन् ।
विगत लामो समय देखी विविध सामाजिक कार्य तथा महिलाहरुको हक हित र अधिकारका लागि काम गर्दै आएको लेडी जेसीजले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताइएको छ ।



JCI Events Archive