Corona Virus (COVID-19) Awareness Program
2020-03-07 / 2020-03-07     08:00:00am - 11:00:00am    
Location : JCI Tribhuwannagar Secretariat Organized By : JCI Tribhuwannagar


नोवेल कोरोना भाइरस सम्बन्धी सचेतना एवं बृहत छलफल कार्यक्रम

कार्यक्रमको नाम : नोवेल कोरोना भाइरस सम्बन्धी सचेतना एवं बृहत छलफल कार्यक्रम
मिति : २०७६ फागुन २४ गते
स्थान : त्रिभुवननगर जेसीज सचिवालय
अध्यक्षताः जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
प्रमुख अतिथिः नरुलाल चौधरी, प्रमुख घोराही उप–महानगरपालिका दाङ
कार्यक्रम संयोजक : जेसी श्याम कुमार गिरी
कार्यक्रम उद्देश्य : नोवेल कोरोना भाइरस सम्बन्धी सचेतना जगाउँदै एवं बृहत छलफल गरी यसका लक्षण र बच्ने उपायहरु बारे जानकारी लिनु र दिनु ।
लाभान्वित : जिल्लावासी सम्पूर्ण नागरिकहरु
कार्यक्रमका सहभागीहरु : घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख गञ्ज बहादुर एम.सी., फिजिसियन डाक्टरहरु मिनचन्द्र अधिकारी, प्रकाश सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, जिल्लाका राजनीतिक दलका प्रमुखहरु, जिल्लामा क्रियाशील स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ दाङ शाखाका प्रतिनिधि, जिल्लामा क्रियाशील सञ्चारकर्मीहरु, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, दाङ महिला जेसीजकी अध्यक्ष जेसी जिवा भुसाल लगायतको उत्साहपूर्ण उपस्थिति ।
उपलब्धि : विश्वव्यापी प्रकोपका रुपमा फैलिरहेको कोरना भाइरसका बारेमा विज्ञ डाक्टरहरुबाट आधिकारी जानकारी, यसका बच्न र यो रोग लागेपछि देखिने लक्षणहरुको बारेमा छलफल, भोलिका दिनमा गर्न सकिने सावधानीका पाटोहरु, राजनीतिक दल, पत्रकार लगायत संघसंस्था एवं सरकारी कार्यालयले गर्ने भूमिका विषयमा बृहत छलफल, स्थानीय निकाय प्रमुख तथा जिल्ला प्रशासन कार्यालय प्रमुखबाट कुनै पनि सामग्रीको कालोबजारी र अभाव हुन नदिने प्रतिवद्धता, रोग लागिहालेमा विरामी उपचारका लागि गरिने व्यवस्था, माक्सलगायतका सामग्रीहरुको अभाव गर्न स्थानीय निकाय सँग सहकार्य भएको जानकारी तथा जिसीआई त्रिभुवननगरद्वारा यथासीघ्र कोराना भाइरसका विरुद्ध सचेतनामूलक सामग्रीहरुको वितरणको प्रतिवद्धता

JCI Events Archive