११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मजदुर तथा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम
2020-03-07 / 2020-03-07     02:00:00pm - 04:30:00pm    
Location : जेसीआइ दाङ महिला सचिवालय Organized By : JCI Dang Lady



मिति २०७६ फागुन २४गते जेसीआइ दाङ महिलाको आयोजनामा जेसीआइ दाङ महिला बर्ष २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षतामा जेसीआइ दाङ महिला का संस्थापक अध्यक्ष जेसी निर्मला गौतम प्रमुख आतिथ्यता र जेसीआइ नेपालका राष्ट्रिय कार्यकारिणी जेसी लालमणि भण्डारीको विशिष्ट अतिथि मा ११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मजदुर तथा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो त्यस कार्यक्रममा जेसीआइ दाङ महिलाका पुर्व अध्यक्षहरु ; मातृशाखा जेसीआइ त्रिभुवननगर २०२० का अध्यक्ष जेसी माधव पौडेल तथा कार्य समिती सदस्य; पत्रकारहरु सहभागीता रहेको थियो भने कार्यक्रममा महिला श्रमिक बसन्ती कुमाल र वेलमती नेपाली जेष्ठनागरिक श्री लक्ष्मी सुनार ३ जनालाइ सम्मान गरिएको थियो । दाङ महिला वर्ष २०२० का महासचिव ले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम : ११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मजदुर तथा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम
स्थान: जेसीआइ दाङ महिला सचिवालय
अध्यक्षता : जेसी जिवा भुसाल
प्रमुख अतिथि: जेसी निर्मला गौतम
विशिष्ट अतिथि : जेसी लालमणि भण्डारी
कार्यक्रम संयोजक :जेसी सुजन पौडेल
आस्थापाठ : जेसी बसन्ता भण्डारी
सहभागीता : ३६जना
सहजीकरण :जेसी संगिता गिरि (२०२० महासचिव )

JCI Events Archive