First board and General meeting
2020-02-05 / 2020-02-05     05:00:00pm - 08:00:00pm    
Location : Peace night restaurant,bhairahawa Organized By : JCI Siddhartha Lady


२०७६/१०/२२ गते बुधबारका दिन जेसीआई सिद्धार्थ लेडी,नेपालको वर्ष २०२० को प्रथम बोर्ड बैठक तथा साधारण सभा सम्पन्न भएको छ । उक्त बैठक बर्ष २०२० का अध्यक्ष जेसी तुलसा भुषाल ज्युको अध्यक्षता मा भएको थियो ।उक्त बैठकमा जेसीज आस्था पाठ जेसी प्रतिमा काफ्ले ज्युले गर्नु भएको र सम्पुर्णलाई स्वागत जेसी अनिता पाण्डेय ज्युले गर्नुभएको थियो ।उक्त बैठकमा जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२० का निवर्तमान अध्यक्ष , कानुनी सल्लाहकार , पुर्वअध्यक्ष ज्युहरु र सल्लाकार ज्युहरु लगाएत सम्पुर्ण बोर्ड तथा साधारण सदस्यज्युहरुको उपस्थित रहेको थियो । उक्त बैठक मा अध्यक्ष ज्युले वर्ष भरी गरिने कार्यक्रमहरुको बारेमा छ्लफल र परिस्थिति अनुसार पछि आउने कार्यक्रमहरु पनि गरिने भन्ने कुरा राख्नुभयो ।उक्त बैठक लाई धन्यवाद मन्तव्य जेसी लक्ष्मी अधिकारी ज्युले गर्नुभयो र वर्ष २०२० को प्रथम बोर्ड तथा प्रथम साधारण सभा भव्य र सभ्य रुपमा समापन गरियो। 

JCI Events Archive