कोरानो भाइरस सम्बन्धि सचेतना
2020-03-17 / 2020-03-17     11:00:00am - 04:00:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi



कार्यक्रम – कोरानो भाइरस सम्बन्धि सचेतना
आयोजक –बाहुण्डाँगी जेसीज
विश्वमा महामारीका रुपमा रहेको कोराना भाइरसलाई नेपालमा प्रवेश हुन नदिन भारतसँग सिमा जोडिएको मेची नदीको किनारमा जेसीजका युवाहरु स्वयमसेवकका रुपमा हरेक दिन बस्ने र भारतबाट आएका मानिसहरुलाई काँकरभिट्टा नाकाबाट आउन अनुरोध गर्दै आएका छन् । जहाँबाट शरीरको तापक्रम नापेर मात्र प्रवेश गराइन्छ ।
यसैगरी, जेसीजले बाहुण्डाँगीका विभिन्न चोक र बजारमा हात धुनका लागि साबुन र पानीको व्यवस्थापन गरेको छ । साथै सचेतना मुलक पर्चा र व्यानर बोकेर गाउँ अभियानमा लागिरहेको छ ।
पछिल्लो समय विकराल रुप लिएको कोरानालाई रोकथाम गर्न मानवताको सेवा जीवनको सर्वाेतम कार्य मानी बाहुण्डाँगी जेसीजले विभिन्न कार्यक्रमहरु गर्दै सचेतना अभियान सञ्चालन गरेको छ ।


JCI Events Archive