46th Installation Programe JCI Butwal
2020-01-25 / 2020-01-25     04:00:00pm - 09:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू  

नेपाल जेसीज                                        

थापाथली, काठमाडौ 

निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                          

थापाथली, काठमाडौ

कार्यक्रम : ४६ औँ पदस्थापन समारोह
क्षेत्र : व्यक्तिगत
संयोजक : बुटवल जेसीज
स्थान : सिद्धार्थ कटेज, बुटवल
मिति : २०७६ माघ ११ गते शनिवार तदनुसार जनवरी २५, २०२०
प्रमुख अतिथि : जेसीआई सिनेटर अशोक शंकर
सहभागी : ८० जना महिला
          १३० जना पुरुष
        जम्मा २१० जना
उद्देश्यः
बुटवल जेसीज वर्ष २०१९ को कार्यसमितिबाट ४६ औँ शाखा अधिवेशनमा निर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरण गर्नु ।

पृष्ठभुमी:

सन् १९७४ मा बुटवल नगरीमा स्थापना भएको बुटवल जेसीज यस क्षेत्रका युवाहरुको ढुकढुकी हो । स्थापनाकाल देखि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा महत्वपुर्ण योगदान दिएको बुटवल जेसीजले एक ब्यक्ति, एक वर्ष, एक कार्यकालको नारालाई आत्मसात गर्दै आएको छ । जस अनुसार बुटवल जेसीजले आफ्नो ४६ औं अधिवेशन सम्पनन गरि वर्ष २०२० को पदस्थापन गरेको हो ।

मुख्य भाग :
बुटवल जेसीजको ४६ औं पदस्थापन कार्यक्रम २०७६ साल माघ ११ गते बुटवलको सिदार्थ कटेजमा सम्पन्न भयो । बुटवल जेसीजले मातृत्व प्रदान गरेको बुटवल महिला जेसीजसंग सहकार्य गरि आयोजना गरिएको संयुक्त पदस्थापन कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरज्यूको प्रमुख आतिथ्यता रहेको थियो । बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपाने, बुटवल महिला जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी लक्ष्मि थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का कानुनि सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे, राष्ट्रिय उपाध्यक्ष जेसी गोविन्द पंगेनी, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनुपमान सैंज, सिनेटर जगत बहादुर पोख्रेल, सिनेटर श्रीधर वस्याल, लगाएतका ब्यक्तिहरुको विशिष्ट आतिथ्यता रहेको थियो । छिमिके शाखाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा बुटवल महिला जेसीजका पुर्व अध्यक्ष सिनेटर राधिका पोख्रेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रम बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी गोपाल अधिकारीको सञ्चालनमा भएको थियो । बुटवल जेसीजले प्रकाशन गरेको सार्थक स्मारिका प्रमुख अतिथिले विमोचन गर्नु भएको थियो । यस्तै सोही समारोहमा उत्कृष्ट युवा पुरस्कार २०१९ बाट मानव सेवा आश्रम बुटवलमा सेवारत सरु केसी लाई प्रदान गरिएको थियो भने स्व.गणेशमान सैंजु उतकृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार कविन्द्र नेपाललाई सम्मान गरिएको थियो ।बुटवल जेसीजका पूर्व अध्यक्षज्यूहरु तथा नेपाल जेसीव वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको उपस्थितिमा बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेले वर्ष २०२० को लागि निर्विरोध निवार्चित अध्यक्ष जेसी राजिव गौतमलाई आफ्नो गलाबाट चेन हस्तान्तरण गर्दै कार्यभार सुम्पनु भएको थियो ।


वर्ष २०२० को लागि नव निवार्चित अध्यक्ष जेसी राजिव गौतमले सञ्चालक समिति तथा निर्देशक पदमा मनोनयन गरि पुर्णता दिनु भएको थियो । वर्ष २०२० को लागि –TOGETHER FOR TARGET   थिम प्रस्तुत गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष टंक पराजुलि, बुटवल महिला जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा कट्टेल, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनुपमान सैजु र सिनेटर श्रीधर वस्यालले शुभकामना मन्तब्य ब्यक्त गर्दैैै नव निवार्चित टिमलाई बधाइ तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरले बुटवल जेसीजले जेसीज अभियानमा पुराएको योगदानको चर्चा गर्दै नेपाल जेसीज वर्ष २०२० फरक र प्रभावकारी कार्यक्रमका साथ अघि बढ्ने जानकारी दिनु भएको थियो ।

अपेक्षित उपलब्धि :
सभ्य र भब्य कार्यक्रमका विच पदस्थापन कार्यक्रम सम्पन्न हुनु ।
प्राप्त उपलब्धिहरु :
बुटवल जेसीज र बुटवल महिला जेसीजले संयुत्तरुपमा कार्यक्रमको आयोजना गर्नु ।
जेसीज अभियानको बारेमा गैर जेसीजलाई जानकारी हुनु ।
सिकाई :
आगामी दिनमा समयको ब्यवस्थापनमा ध्यान दिनु ।
मुल्याङकन :
कार्यक्रममा सहभागि विभिन्न संघसंस्थाका पदाधिकारी तथा अन्य ब्यक्तिहरुले कार्यक्रम उत्कृष्ट रुपमा सम्पन्न भएको प्रतिक्रिया दिनु भएको छ । जेसीजको पदस्थापन जस्तै प्रक्रियालाई अन्य दल तथा संघसंस्थाहरुले पनि अवलम्बन गर्नु पर्ने उहाँहरुको भनाईले कार्यक्रम सफल भएको मुल्याङकन गरिएको छ ।
सुझाब तथा सिफारीस:
बुटवल जेसीज युवाहरुको संस्था भएको कारण एक ब्यक्ति एक वर्ष एक कार्यकालको नारालाई अन्य ठाउँमा पनि लागु गर्नको लागि पहल गर्नु पर्ने सुझावहरु प्राप्त भएका छन् ।

JCI Events Archive