Visit Nepal 2020 Promotion - JCI Butwal
2020-02-08 / 2020-02-09     12:00:00pm - 05:59:00pm    
Location : Thailand Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                          निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                               नेपाल जेसीज
थापाथली, काठमाडौ                                 थापाथली, काठमाडौ

कार्यक्रम :   Visit Nepal 2020 Promotion
क्षेत्र :        सामुदायि
संयोजक :    बुटवल जेसीज सचिवालय
स्थान :       थाइल्याण्ड, बैकंक
मिति :     २०७६ माघ २५ र २६ गते 8 & 9,Feb. 2020
उद्देश्यः
नेपाल भ्रमण वर्ष २०२० लाई Promotion गर्ने ।
मुख्य भाग :
बुटवल जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजिव गौतम भ्रमणको लागि थाइल्याण्डको भ्रमणमा जाने तय भए पछि उक्त भ्रमणको क्रममा नेपाल भम्रण वर्ष २०२० को प्रचारप्रसार गर्ने निर्णय बुटवल जेसीजले गर्यो । सोही अुनसार गौतम नेतृत्वमा रहेको भ्रमणदले थाइल्याण्डको राजधानी बैंकक लगाएतका क्षेत्रमा नेपाल भम्रण वर्ष २०२० को प्रचार गर्न विभिन्न ब्यानरको प्रर्दशन तथा नेपालका पर्यटकिय क्षेत्रको बारेमा जानकारी गराएको थियो । 

दुइ दिन सम्म विभिन्न देशबाट घुम्न आएका नागरिकहरुलाई लक्षित गरि नेपालमा पनि सुन्दर पर्यटकिय स्थान रहेकोले घुम्न आउन समेत निमन्त्रण गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले जानकारी दिनु भयो । नेपालको बारेमा प्रचार प्रसार गर्दा त्यहाँ उपस्थित धेरैले चासो राखेको र घुम्न आउने बाचा समेत गरेको उहाँले बताउनु भयो । उक्त प्रमोशन कार्यक्रमको सम्पुर्ण खर्च बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले ब्यवस्थापन गर्नु भएको थियो ।

 

JCI Events Archive