Multi-Chapter LOM officers Training - JCI Butwal
2020-02-29 / 2020-02-29     09:00:00am - 05:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                        निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                        नेपाल जेसीज
थापाथली, काठमाडौ                               थापाथली, काठमाडौ

कार्यक्रम :   ःगतिष्(ऋजबउतभच ीइः यााष्अभचक त्चबष्लष्लन
क्षेत्र :      ब्यक्तिगत
संयोजक :     जेसी दिनेश खड्का
स्थान :       बुटवल जेसीज सचिवालय
मिति :      २०७६ फागुन १७ गते शनिवार 29 Feb,2020
सहभागी :     महिला ३० जना, पुरुष ७० जना
              जम्मा : १०० जना
उद्देश्यः
पदाधिकारीलाई काम,कर्तब्य र अधिकारबारे जानकारी गराउने
कार्यविधि : प्रशिक्षण
कार्यक्रमको मुख्य भाग :
बुटवल जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजिव गौतमले पदस्थापन कार्यक्रमबाट नै सहकार्यलाइ जोड दिनु भयको थियो । यस्तै नेपाल जेसीजले पनि बहुशाखा कार्यक्रमको आयोजना गर्न दिएको निर्देशन अनुसार बुटवल जेसीजको आतिथ्यतामा यस क्षेत्रमा रहेका शाखाहरुको सहभागितामा बहुशाखा पदाधिकारी तालिम सम्पन्न भयो । तालिममा बुटवल जेसीज, बुटवल महिला जेसीज, देवदह जेसीज, तिलोत्तमा जेसीज, शुद्धोधन जेसीज, रामग्राम जेसीज, बर्दघाट जेसीज प्रस्तावित लगाएतका शाखाहरु सहभागि थिए ।

 कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख धुव्र राज ज्ञवालीले पानसमा दिप प्रज्ज्वलन गरेर तालिमको उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगाएत नेपाल जेसीज वर्ष २०२० का कानुनी सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे, नेपाल जेसीज क्षेत्र घ को लागि तालिम संयोजक जेसी हिमा देवि न्यौपाने, बुटवल जेसीज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले स्वागत मन्तब्य राख्दै सहकार्य र एकताले मात्र जेसीज अभियान सफल हुने धारण राख्नु भएको थियो । उहाँले बर्ष २०२० भर बहुशाखा तालिम तथा कार्यक्रममा बुटवल जेसीजले जोड दिने बताउदै अन्य शाखाले आतिथ्यता गरेको कार्यक्रममा बुटवल जेसीजको सहभागिता रहने प्रतिवद्धता ब्यक्त गनु भएको थियो ।
नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष तथा वर्ष २०२० को लागि राष्ट्रिय अध्यक्षका   Executive Assistant to National President  सिनेटर रविन पोख्रेल ज्यू प्रमुृख प्रशिक्षक रहनु भएको थियो । विहान ९ बजे देखि सुरु भएको तालिम साँझ ५ बजे समापन भएको थियो । तालिममा प्रशिक्षकले शाखा पदाधिकारीहरुको काम, कर्तब्य र अधिकारको बारेमा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिनु भएको थियो ।


कार्यक्रमको समापनमा सहभागिको तर्फबाट बोल्दै शुद्धोधन जेसीजका अध्यक्ष जेसी चुडामणि डुम्रे र बुटवल महिला जेसीजका अध्यक्ष जेसी कल्पना कुसुमले तालिम अत्यन्त प्रभावकारी रहेको बताउनु भयो । कार्यक्रममा तिलोत्तमा जेसीजका अध्यक्ष जेसी लोक प्रसाद भण्डारीले धन्यवाद मन्तब्य राख्नु भएको थियो । 


अपेक्षित उपलब्धि : यस क्षेत्रमा रहेका सम्पुर्ण शाखाहरुको उपस्थिती ।
प्राप्त उपलब्धिहरु :
१. तालिममा यस क्षेत्रका शाखाहरु सभागि हुनु ।
२. तालिम प्रभावकारी भएको प्रतिक्रिया प्राप्त हुनु ।
३. पदाधिकारीहरुले आफ्नो काम, कर्तब्य र अधिकार बारे जानकारी पाउनु ।
सिकाई :
  कार्यक्रमको उदेश्य ब्यवहारिक रुपमा सिकाइमा परिणत भएको छ ।
मुल्याङकन :
विभिन्न शाखाका अध्यक्षज्यूहरु, पदाधिकारी र सदस्यहरुले तालिम एतिहासिक भएको मुल्याङकन गर्नु भएको छ ।
सुझाब तथा सिफारीस ः
धेरै शाखाहरुको सहभागितामा हुने तालिमलाई अझै प्रभावकारी बनाउन दुई वा तिन दिनको बनाउन सके राम्रो हुने थियो भन्ने सुझावहरु प्राप्त भएका छन् ।

JCI Events Archive