Corona Awareness Programe - JCI Butwal
2020-03-05 / 2020-03-06     08:00:00am - 11:00:00am    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                  निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                    नेपाल जेसीज
थापाथली, काठमाडौ                         थापाथली, काठमाडौ

कार्यक्रम :    Corona Awareness Programe
क्षेत्र :           सामुदायि
संयोजक :    जेसी रमेश अर्याल
स्थान :        न्यू होराइजन स्कल, एम्स कलेज बुटवल
मिति :         २०७६ फागुन २२ र २३ गते छ ७ ट,ःबचअज द्दण्द्दण्
सहभागी :     महिला ४०० जना, पुरुष ४५० जना
                  जम्मा :८५० जना
उद्देश्यः
कोरोना भाइरसको संक्रमण फैलिन नदिन चेतना जगाउने ।

कार्यक्रमको मुख्य भाग :
चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वमा आक्रमण गरिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि जोखिमको क्षेत्रमा राखेको कुरा हामी सवैलाई जानकारी छ । जेसी राजिव गौतम नेतृत्व बुटवल जेसीजले नेपालमा कोरोनाको रोकथामको लागि चेतना फैलाउनु नै पहिलो कदम हो भन्ने निष्कर्ष निकालि चेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । सवै भन्दा छिटो घरघरमा कोरोनाको जानकारी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीले लैजान सक्ने भएको हुदाँ बुटवलको न्यू होराइज स्कुल र एम्स कलेजमा चेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । 

बुटवल महिला जेसीजसंगको सहकार्यमा फागुन २२ र २३ गते दुइ दिन सम्म उक्त कार्यक्रम भएको हो । बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले कार्यक्रमबारे प्रष्ट पार्दै न्यू होराइजन कलेजमा भन्नु ‘भयो यो कोरोनाको त्रास धेरै फैलिएको छ । कोरोनाबाट डराउने होइन सतर्क हुनु पर्छ । त्यसकारण कसरी सतर्कता अपनाउने भन्ने सन्दर्भमा चेतना मुलक कार्यक्रम लियर तपाईहरुको स्कुलमा आएका हौं ।’


कार्यक्रममा बोल्दै न्यू होराईजनका प्रमुख लोकनाथ उपाध्यायले बुटवलमा बुटवल जेसीजले सवैभन्दा पहिला कोरोनाको चेतना मुलक कार्यक्रम गरेको धन्यवाद प्रकट गर्नु भयो ।
यस्तै दोस्रो दिन एम्स कलेजका विद्यार्थीहरुलाई पनि कोरोनाबाट कसरी बच्ने भनेर जानकारी गराइएको थियो । कार्यक्रममा एम्सका कार्यकारि निर्देशक गोपाल न्यौपाने, क्याम्पस प्रमुख दिपक ढकाल लगाएतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । 


कोरोनाको संक्रमणबाट कसरी बच्ने भनेर बरिष्ठ फिजिसियन डाक्टर महेश प्रसाद घिमिरेले एम्स कलेजमा र डाक्टर जिवन भुसालले न्यू होराइजन स्कुलमा चेतना मुलक प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा बुटवल महिला जेसीजका अध्यक्ष जेसी कल्पना कुसुम र बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमको नेतृत्वमा जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो । 


अपेक्षित उपलब्धि : विद्यार्थीको माध्यमबाट एकै पटक सयौं घरमा कोरोनाको बारेमा जानकारी हुनु ।
प्राप्त उपलब्धिहरु :
१. विद्यार्थीहरुले कोरोना संक्रमणबाट बच्ने उपाय थाहा पाउनु ।
२. उनिहरुले आफ्नो घरमा सकारात्मक सन्देश लैजानु ।
३. बुटवलमा पहिलो पटक कोरोनाको बारेमा चेतना मुलक कार्यक्रम हुनु ।
सिकाई :
कोरोना संक्रमण रोकथामका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु सरोकारवाला निकायसंग छलफल गर्नु ।
मुल्याङकन :
बुटवलमा पहिलो पटक कोरोनाको बारेमा चेतना मुलक कार्यक्रम बुटवल जेसीजले बुटवल महिला जेसीजसंग सहकार्य गरि गरेको हो । यस कार्यक्रमलाई लिएर प्रशंसा प्राप्त भएका छन भने विद्याथीहरुले ब्यवहारिक ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन । यि कुराहरुले प्रष्ट पार्छ कि कार्यक्रमको मुल्याङन राम्रो ढङगबाट भएको छ ।
सुझाब तथा सिफारीस :
आगामी दिनमा पनि कोरोना सम्बन्धि चेतना मुलक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सुझाव तथा सल्लाहहरु प्राप्त भएका छन् ।

JCI Events Archive