बुटवल जेसीजद्वार लकडाउनको कारण प्रभावित वर्गलाई खाद्यान्न वितरण
2020-04-06 / 2020-04-06     08:00:00am - 10:00:00am    
Location : BUTWAL Organized By : JCI Butwal


लाई

महासचिव ज्यू                                                               निरुपित EVP&VP ज्यू

नेपाल जेसीज                                                                   नेपाल जेसीज

थापाथली, काठमाडौ                                                       थापाथली, काठमाडौ

 

कार्यक्रम : बुटवल जेसीजद्वारा लकडाउनको कारण प्रभावित वर्गको लाई खाद्यान्न वितरण

क्षेत्र :         सामुदायिक(ZERO HUNGER)

संयोजक :     जेसी छायाँ पोख्रेल

स्थान :     बुटवल वडा नं ३ र १३

मिति :       २०७६ चैत्र २४ गते सोमवार 6 Apr,2020

सहभागी :     जम्मा ः ९५ जना

उद्देश्यः

 दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत लकडाउनको प्रभावित वर्गको लागि खाद्यान्न वितरण गर्नु ।

पृष्ठभुमी :

 

विश्व अहिले कोरोना भाइरससंग लडिरहेको छ । नेपालमा कोरोना फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेको अवस्था छ । लकडाउनको कारण दैनिक मजदुरी गरि खाने परिवार प्रभावित भएका छन । संकटको यो घडिमा नेपाल जेसीज सञ्चालन गरेको अभियान अनुसार बुटवल जेसीजले पनि आफ्ना कार्यक्रमहरु सोही अनुसार सञ्चालन गरेको छ । बुटवल जेसीजले यस क्षेत्रमै सवै भन्दा पहिलो पटक कोरोना संक्रमण रोकथामको जनचेतना मुलक कार्यक्रम आयोजना गरेको थियो । करिव ८ सय विद्यार्थीहरुको माझमा दुइ दिन सम्म सञ्चालन गरिको चेतना मुलक कार्यक्रमले टोलटोलमा कोरोनाबाट बच्ने उपायहरु पुगेको थियो । यस्तै दोस्रो चरणमा बुटवल जेसीजले ज्ञापन पत्र र प्रेस .विज्ञप्ति जारी गरी कोरोना विरुद्ध लड्न सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता गरेको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले सरकारलाई आवश्यक परेको खण्डमा बुटवल जेसीजका युवाहरु स्वंसेवकको रुपमा परिचालन गर्न तयार रहेको जानकारी समेत गराउनु भएको थियो ,। कोरोना विरुद्धको लडाइमा विभिन्न चरणमा अगाडि गरिरहेको बुटवल जेसीजले तेस्रो चरणमा sustainable development goals, goal:2,ZERO HUNGER अन्तरगत रहेर बुटवल नगरपालिका भित्र खाद्यान्न वितरण गरेको छ ।

कार्यक्रमको मुख्य भाग : 

बुटवल जेसीजले लकडाउनका कारण प्रभावित वर्गलाई ८५ हजार मुल्य बराबरको राहत सामग्री वितरण गरेको छ । बुटवल उपमहानगारपालिका वडा नम्वर ३ को सहर्ष पथ र वडा नम्वर १३ मा रहेको कुष्ठरोग आश्रममा खाद्यान्न वितरण गरिएको हो ।

कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण दैनिक हातमुख जोड्ने समस्याले ग्रसित दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजुदुर, श्रमिक, गरीव तथा आर्थिक रुपमा विपन्न सहर्ष पथका ८० परिवारलाई खाद्यान्न वितरण गरीएको बुटवल जेसीजले जनाएको छ । प्रत्येक घरधुरीलाई २० किलो चामल वितरण गरिएको बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुवँरले जानकारी दिनु भयो । यस्तै कुष्ठरोग आश्रममा ४० किलो चामल वितरण गरिएको छ ।

दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत बन्धुत्वको भावना र मानवीयताको हिसावले खाद्यान्न वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले जानकारी दिनु भयो । विहान बेलुका छाक टार्न समस्या भएका परिवारलाई दुइचार दिन भए पनि खानाको अभाव नहोस भनेर चामल वितरण गरिएको उहाँले बताउनु भयो । जेसीज जहिले पनि मानवताको सेवालाई प्राथमिकतामा राखेर हिड्ने संस्था भएकोले आगामी दिनमा पनि राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।

बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतम, महाचिव जेसी हरिविक्रम कुँवर, बुटवल जेसीजका कार्यकारिणि उपाध्यक्ष जेसी विनोद घिमिरे, जेसी आविश्कार खनाल, कार्यक्रम संयोजक जेसी छाया पोख्रेल, नेपाल जेसीजका कानुनी सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे, बुटवल जेसीज वर्ष २०२० का सल्लाहकार सिनेटर कृष्णदेव भण्डारी, वडा सदस्य सुमित्रा विक, टोल विकास समितिका सदस्य नामदेव न्यौपाने, समाज सेवि रामबहादुर कार्की, लेसमान श्रेष्ठ सहितको टोलीले राहत सामग्री वितरण गरेको हो ।

अपेक्षित उपलब्धि : दैनिक छाक टार्न समस्या भएका मजदुर तथा कुष्ठ रोगिहरुलाई खाद्यान्न प्रदान गर्नु

 

प्राप्त उपलब्धि :

१. लक्षित वर्गको उपस्थिती ।

२.अब पाँच, छ दिन के खाउँ भनेर चिन्ता नरहेको प्रतिक्रिया मजदुरहरुबाट प्राप्त हुनु ।

३. कुष्ठरोग आश्रमका आमावुवाले साच्चिकै अभाव भएको बेला सहयोग प्राप्त भएको बताउनु ।

सिकाई :

लकडाउनको अभावमा रहेका परिवारलाई राहत वितरण गर्न अनुसन्धान तथा समन्वय आवश्यक छ । जुन प्रक्रिया पुरा गरेर मात्र बुटवल जेसीजले राहत वितरण गरेको थियो । आगामी दिनमा पनि यहि कुरालाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने कुरा सिकाइको रुपमा प्राप्त भएको छ ।

मुल्याङकन :

राहत वितरण कार्यक्रममा सहभागि जनप्रतिनिधि तथा समाज सेविहरुले बुटवल जेसीजले लकडाउनको कारण वास्तविक रुपमा प्रभावितहरुलाई राहत वितरण गरेको प्रतिक्रिया सहित कार्यक्रम प्रभावकारी रहेको मुल्याङकन गर्नु भएको छ ।

सुझाब तथा सिफारीस :

आगामाी दिनमा पनि राहत वितरणलाई निरन्तरता दिन सुझाव प्राप्त भएको छ ।



JCI Events Archive